समाचार

आजको मौसम : चट्याङ्गसहित भारी वर्षा हुने:सचेत रहन आग्रह

काठमाडौं : देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शुक्रबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थान आसपासमा रहेको छ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

शुक्रबार दिउँसो देशभरी सामान्य बदली रहि केहि स्थानहरुमा मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
देशको पुर्वी, मध्य तथा पश्चिमी भुभागमा सामान्य बदली भई पूर्वी,पश्चिम र मध्यका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहितमध्यम वर्षा हुनेछ ।

राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही मध्य तथा पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित मध्यम वर्षाको सम्भावना छ। मध्य तथा पुर्वी भुभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

Related Articles

Back to top button
Close