समाचार

रवि लामिछानेलाई नेकपाले फसाउन खोजेको भन्दै कांग्रेस नेताले गरे यस्तो खुलासा

चन्द्रौटा– नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले दुईतिहाइको कम्युनिस्ट सरकारले सञ्चारकर्मी रवि लामिछानेलाई षड्यन्त्रपूर्वक फसाएको आरोप लगाएका छन् ।

कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकालाई बिहीबार खुला दिशामुक्त घोषण गर्ने कार्यक्रमलाई सम्बोन्धन गर्दै सांसद शाहले सरकारले प्रेसमाथि नै ठाडो हस्तक्षेप गरेको आरोप लगाए । ‘सरकारले सबै क्षेत्रलाई आफ्नो बसमा बनाइ सकेको छ’, उनले भने, ‘प्रेसलाई नियन्त्रण गर्न मात्रै बाँकी थियो । प्रेसलाई नियन्त्रण गर्ने कार्य हुँदै छ ।’अधिनायकवादी चरित्रअनुसार दुईतिहाइको कम्युनिस्ट सरकारले सञ्चारकर्मी रवि लामिछानेलाई फसाउन खोजिएको बताए ।

सांसद शाहले अन्यायमा परेका सर्वसाधारणको सहयोगी र भ्रष्टाचारीहरूको पर्दाफास गरेकाले वर्तमान सरकारलाई रवि लामिछाने मन नपरेको बताए । सोही कारण रवि लामिछानेलाई सिद्धाउने खेलमा सरकार लागेको उनले बताए ।

रवि लामिछानेको समर्थनमा चितवनवासीले शुरु गरेको आन्दोलनप्रति उनले समर्थन जनाए । उनले भने, ‘कम्युनिस्ट सरकारले रवि लामिछानेमाथि गरेको अन्यायको विरोधमा कपिलवस्तुका जनता छन् । हाम्रो साथ रवि लामिछानेलाई छ ।’ नेपाली कांग्रेसका सांसद शाहले दुईतिहाईको वर्तमान सरकारले जनबिरोधी काम गरिरहेका बताएका छन् ।

विभिन्न नाममा जनतालाई पीडित गर्ने किसिमले सरकारले एकपछि अर्को काम गरेको उनले आरोप लगाए । उनले यही अवस्थामा चुनाव गराइए दुईतिहाईको कम्युनिस्ट सरकारले ८ सीट पनि ल्याउन गाह्रो हुने चेतावनी दिए ।

सरकारले विभिन्न नाममा भारतसंग रहेको रोटी र बेटीको सम्बन्धलाई पनि असर हुने काम गरेको भन्दै सांसद शाहले आपत्ति जनाए ।

‘कहिले तरकारी र फलफूल, कहिले भारतीय गाडीको सुबिधाको नाममा यो सम्बन्धलाई तोड्न खोजिएको छ’, उनले भने, ‘यो कार्यलाई जनताले नियाली रहेका छन् । नेपाल–भारतबीचको सम्बन्ध विगार्न हुँदैन ।’

कृषिमन्त्री गृहजिल्ला कपिलवस्तुको भएपनि अहिलेसम्म मलखाद उपलब्ध गराउन नसकेको सांसद शाहले आरोप लगाए । उनले भारतबाट किसानले एक बोरा मलखाद ल्याउँदा सरकारले दुःख दिएको भन्दै आक्रोश व्यक्त गरे ।मिडियाडबली

Related Articles

Back to top button
Close