मनोरंजन

विश्वका सर्वाधिक कमाउने अभिनेतामा ‘रक’ पहिलो, अक्षय बने चौथो

बलिउड अभिनेता सर्वाधिक कमाइ गर्ने अभिनेताहरू सुचिको चौथो नम्बरमा परेका छन्। उनी सो सूचिमा समाविष्ट हुने एकमात्र बलिउड अभिनेता हुन्।विश्व चर्चित पत्रिका फोब्सका अनुसार अक्षय ६.५ करोड डलरसहित सूचिको चौथो नम्बरमा छन्। यस सूचिको पहिलो नम्बरमा भने हलिउड स्टार ड्वेन जोन्सन ‘रक’ पहिलो नम्बरमा छन्।

फोब्सका अनुसार उनको कमाइ ८.९४ करोड डलर छ। उनले यो पैसा सन् २०१८ को जुन १ देखि सन् २०१९ को जुन १ सम्म कमाएका हुन्। यसैगरी सूचिको दोश्रो र तेश्रो नम्बरमा क्रमशः ७.६४ करोड डलरसहित क्रिस हेम्सवर्थ तथा ६.६ करोड डलरसहित रोबर्ड डाउनी रहेका छन्।

फोब्सले निकालेको १० सर्वाधिक कमाइ गर्ने अभिनेताहरूको सूचि यस्तो छः

ड्वेन जोनसन’रक’ (८.९४ करोड),क्रिस हेम्सवर्थ (७.६४ करोड),रोबर्ट डाउनी जुनियर (६.६ करोड),अक्षय कुमार (६.५ करोड),ज्याकी च्यान (५.८ करोड),ब्रेड्ली कुपर (५.७ करोड).एडम स्यान्डलर (५.७ करोड),क्रिस इवांस (४.३५ करोड),पल रूड (४.१ करोड),विल स्मिथ (३.५ करोड)

Related Articles

Back to top button