खेलकुद

उल्भ्सले टोरिनोलाई ३-२ ले हरायो

काठमाडौं– युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा उल्भ्सले टोरिनालाई पराजित गरेको छ । यो जीत सँगै उल्भ्स युरोपा लिग छनोटको नजिक पुगेको छ । प्लेअफ अन्तर्गत पहिलो लेगको खेलमा ईटालियन क्लब टोरिनोमाथि ३-२ को जित निकाल्दै उल्भ्स छनोट नजिक पुगेको हो ।

खेलमा अग्रता उल्भ्सले ४३ औ मिनेटमा सिल्भा नासिमेन्टोको आत्मघाति गोलबाट लिएको थियो । डियोगो जोटाले ५९ औ मिनेटमा गोल गर्दै उल्भ्सको अग्रता दोब्बर बनाउने काम गरे ।

६१ औ मिनेटमा लोरेन्जो डी सिल्वेस्ट्रीले गोल गर्दै घरेलु टोली टोरिनोलाई खेलमा फर्काउने कोशिश गरे । तर ७२ औ मिनेटमा राउल जिमेनेजले गोल गर्दै पाहुना टोलीलाई ३-१ को स्थितीमा ल्याएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ एन्ड्रिया बेलोटीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको हार अन्तर घटाउने काम गरे ।

दोस्रो लेगको खेल अगष्ट २९ मा हुनेछ । विजेता टोली युरोपा लिगमा छनोट हुनेछ ।

दोस्रो लेगको खेलमा हारलाई हार्न सके वा एक गोलले मात्र खेल गुमाएको अवस्थामा उल्भ्स १९८०-८१ प्छि पहिलो पटक युरोपियन च्याम्पियनमा छनोट हुनेछ ।

Related Articles

Back to top button
Close