समाचार

प्रधानमन्त्री विदेश हुँदा पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि बिहीबार सिंगापुर गएका छन्।प्रधानमन्त्री सिंगापुर भएका बेलामा पनि मन्त्रिपरिषद् बैठक चलाउन सक्छन्।किनकी बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री विदेश भएका बेला पनि बैठक बस्न सक्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री विदेश भएका बेला पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए।

‘भिडिओ कन्फरेन्स’बाट मन्त्रिपरिषदका बैठकहरू प्रधानमन्त्री विदेश भएका बेला पनि बैठक बस्ने गरी व्यवस्था मिलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ,’ बाँस्कोटाले भने।

सरकारद्वारा मन्त्रालयका सचिव हेरफेर
सरकारले विभिन्न मन्त्रालयका सचिव तथा प्रदेशस्थित प्रमुख सचिवलाई सरूवा गरेको छ।मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सचिवहरू सरूवा गरिएको जानकारी दिए।शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा गरिएको छ भने शिक्षामा महेशप्रसाद दाहाललाई पठाइएको छ।

राष्ट्रिय सतर्कता केन्द्रबाट माधव बेल्वासेलाई खानेपानी मन्त्रालय पठाइएको छ। उद्योग मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन मन्त्रालय सरूवा गरिएको छ।संस्कृति पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई सरूवा गरी सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ।जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि हेर्ने गरी सरूवा भएको छ।

भूमी व्यवस्था मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालय सरूवा गरिएको उनले बताए।राष्ट्रपति कार्यालयबाट विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ।विगेन्द्रराज शर्मा पौडेल सार्वजनिक खरिद अनुगमनबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा गरिएको हो।लोक सेवा आयोगबाट महेन्द्र गुरागाईंलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरूवा गरिएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका सचिव बैकुण्ठ अर्याललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ।सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ।

प्रदेश नम्बर ५ मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव तीर्थराज ढकाललाई प्रधानमन्त्री कार्यालय सरूवा गरिएको हो।प्रमुख सचिव रहेका आनन्दराज ढकाललाई लोक सेवा आयोग सरूवा गरिएको छ।महालेखा नियन्त्रक कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पठाइएको छ।मन्त्रिपरिषद् कार्यालयका सचिव हरि पौडेललाई राष्ट्रपति कार्यालय पठाइएको छ।

Related Articles

Back to top button
Close