समाचार

श्रीकृष्ण जन्माष्टमीमा भोलि सार्वजनिक बिदा (शुभकामनासहित)

काठमाडौँ– भोलि भदौ ६ गते परेको कृष्ण जन्माष्टमीका दिन प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् ।मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्मष्टमीको बिदा उल्लेख गरिसकेकाले सो दिन बिदा हुने पहिलानै जानकारी दिएका थिए ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले कृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदाको माग गर्दै मुख्यमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाएपछि मुख्यमन्त्री राउतले यसअघि नै प्रदेश सरकारले क्यालेण्डरमा पर्वको बिदा उल्लेख गरिसकेको बताएका थिए ।मुख्यमन्त्री लालबाबु राउतले धर्म संस्कृतिको सम्वद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सर्वधर्म समभावको नीति अवलम्बन गर्दै प्रदेश सरकार काम गरिरहेको बताए ।मुख्यमन्त्री राउतले कृष्ण जन्माष्टमी जस्तो महान् पर्वमा संघीय सरकारले समेत बिदा दिनुपर्ने बताउँदै आफूले पहल गर्ने बताएका थिए ।

Related Articles

Back to top button
Close