खेलकुद

म्याड्रिडको ३ खेलाडी र १०० मिलियन पाउन्ड प्रस्ताव पीएसजीद्धारा अस्वीकार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस क्लब रियाल म्याड्रिडले ३ खेलाडी र १०० मिलियन पाउन्डको प्रस्तावलाई अस्वीकार गरेको छ ।यससँगै समर ट्रान्सफर सकिने संघारमा रहँदा नेयमारको सरुवा अझै अनिश्चित बनेको छ । रियालले नेयमार अनुबन्ध गर्न ग्यारेथ बेल, केलर नाभास र हामेस रोड्रिग्वेजसहित १०० मिलियन पाउन्डको प्रस्ताव गरेपनि यो प्रस्तावलाई पीएसजीले अस्वीकार गरेको हो।

पीएसजीले त्यसअघि बार्सिलोनाको प्रस्तावलाई पनि नकारेको थियो । बार्सिलोनाले नेयमारलाई लोनमा भित्र्याउने र अर्काे सिजन क्लबमै अनुबन्ध गर्ने शर्त अघि सारेपनि पीएसजी त्यसमा सहमत भएन ।

आकर्षक प्रस्तावमा सान्चो डर्टमन्डमै !
जर्मन क्लब बोरुसिया डर्टमन्डले इंग्ल्यान्डका युवा स्टार जाडोन सान्चोसँगको सम्झौता नवीकरण थप गरेका छन् ।१९ वर्षीय युवा प्रतिभा सान्चोलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले चासो देखाएपछि डर्टमन्डले सान्चोसँगको सम्झौता बाँकी रहँदै थप सम्झौता गरेको हो । सान्चोको यसअघि २०२२ सम्मको सम्झौता रहेको थियो ।

सम्झौतापछि उनको वार्षिक पारिश्रमिकमा १० मिलियन पाउन्ड वृद्धि हुनेछ । उनले सातामा १ लाख ९० हजार पाउन्ड पाउनेछन् ।नयाँ सम्झौतासँगै सान्चो टिनेजर खेलाडीमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । अघिल्लो साता सान्चो पाँचौ स्थानमा रहेका थिए । सम्झौता हुनुभन्दा अघि सान्चोले सातामा ७५ हजार पाउन्ड पाउने थियो ।अघिल्लो सिजन १३ गोल गरेका सान्चोले यो सिजनको सुरुवातमा गोल गर्दै नयाँ सिजनमा पनि प्रभाव जमाउने संकेत दिएका छन् ।

Related Articles

Back to top button
Close