मनोरंजन

नेपाली सिनेमा ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन नेपाल आउँदै सन्नी

बलिउड अभिनेत्री सन्नी लियोनी भदौ २५ गते नेपाल आउने भएकी छन्। उनी भदौ २७ गते रिलिज हुने नेपाली सिनेमा ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेकी हुन्।

सन्नीले सो सिनेमामा समाविष्ट ‘आजको शाम’ बोलको गीतमा नृत्य गरेकी छन्। उनले नाचेको सो गीतलाई युट्यूबमा हालसम्म ४० लाख पटकभन्दा बढी हेरिएको छ।

‘पासवर्ड’ यही भदौ २७ गते रिलिज हुँदैछ । सिनेमाको रिलिज भन्दा ३ दिन अगाडि प्रिमियर हुन लागेको हो।मंगलबार साँझ एक भिडियो सन्देशमार्फत नेपाली प्रशंसकलाई सम्बोधन गर्दै उनले आफू प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको बताएकी हुन्।

‘नमस्ते नेपाल । म सन्नी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म ‘पासवर्ड’ को प्रमोसनल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदैछु’, उनले भिडियोमा भनेकी छन् ।

भिडियोमा उनले सन्नीले फिल्म निर्माण गरेको ब्यानर एबी इन्टरनेसनललाई सफलताको शुभकामना पनि दिएकी छन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम छ ।

प्रिमियरमा सहभागी हुनुपर्ने सर्तसहित निर्माण टिमले सन्नीलाई गीतमा नाच्नका लागि महँगो पारिश्रमिक तिरेको थियो । उनी सर्त बमोजिम नेपाल आउने भएपछि सिनेमाको प्रिमियरका लागि विशेष तयारी थालिएको छ ।

सिनेमामा अनुप विक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ, धिरेन शाक्य, विक्रम जोशी, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ। सम्राट बस्नेत सिनेमाका निर्देशक हुन् ।

Related Articles

Back to top button
Close