समाचार

बाहिर निस्केको पाँच मिनेटमै निर्दोष प्रमाणित गर्न सक्छुः रवि लामिछाने

काठमाडौं । शालिकराम मृ त्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेले आफू रिहा भए पाँच मिनेटमै घटनामा आफ्नो संलग्नता नभएको प्रमाणित गर्न सक्ने बताएका छन् ।

रविकी श्रीमती निकिता पौडेलको फेसबुक स्टाटसमार्फत रवि लामिछानेले यस्तो बताएको उल्लेख गरिएको छ । फेसबुक स्टाटसमा लेखिएको छ, “यो घटनालाई लिएर प्रहरीले मलाई पाँच वर्ष नै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको पाँच मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु ।”

रविले घटनाको छानबिनमा प्रहरीले समय लगाएको र आफूलाई नियतवश फसाउन लागेको आरोप लगाएका छन् ।साउन ३० गते शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुको पाँच-पाँच गरी १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Related Articles

Back to top button
Close