समाचार

भारतीय मिडियाको दा बी– काश्मीर मामिलामा भारतलाई नेपालको समर्थन

काठमाडौं । काश्मीर मामिलालाई लिएर दक्षिण एशियाका ७ वटा मुलुकले भारतको समर्थन गरेको समाचार आजको टाइम्स अफ इण्डियाले जनाएको छ । समाचारको शीर्षकमा नै भुटान र नेपालपछि बंगलादेशको पनि जम्मु काश्मीर ‘मुभ’मा भारतलाई समर्थन भन्ने राखिएको छ ।
तर नेपालले अहिलेसम्म आधिकारिक रुपमा समर्थन वा वि रोध गरेको भनिसकेको छैन ।

यसरी काश्मीर मामिलामा भारतलाई समर्थन गर्ने मुलुकमा नेपाल समेत भुटान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान भएको जनाइएको छ । बंगलादेशको विदेशमन्त्रालयले बुधबार एक वक्तव्य प्रकाशित गरी जम्मु काश्मीरको विशेष दर्जा अन्त्य गर्ने निर्णयलाई आन्तरिक मामिला भनेको थियो । सो प्रकरणले क्षेत्रीय शान्ति र स्थिरतामा मद्धत गर्ने उसले जनाएको छ ।

यो हप्ताको शुरुमै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको निर्णयले दुई पक्षीय सम्बन्धमा कुनै असर नगर्ने र यो भारतको आन्तरिक मामिला भएको जनाएको समाचारमा जनाइएको छ । ज्ञवालीले नेपालले त्यहाँको अवस्थालाई नियालीरहेको र त्यस क्षेत्रमा शान्ति र स्थिरता हुने कुरामा आशावादी भएको समेत बताएको जनाइएको छ । भारतको कदमलाई भुटानले पनि आफ्नो समझदारी देखाइसकेको जनाउँदै माल्दिभ्स र श्रीलंकाले सबैभन्दा पहिला त्यो मामिलालाई भारतको आन्तरिक मामिला भनेको समाचारमा उल्लेख छ । यसैगरी अफगानिस्तान पनि काश्मीर मामिलामा पाकिस्तानको विरुद्धमा रहेको समाचारमा जनाइएको छ ।

Related Articles

Back to top button
Close