समाचार

अब प्रधानमन्त्री जहाँ भएपनि भिडियोबाटै मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगारपुर जाँदैछन् ।

अब प्रधानमन्त्री जहाँ भएपनि भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतममन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रको जिम्मेवारी दिने प्रचलन थियो ।यो समाचार नागरिक दैनिकमा छ ।

चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान
संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।

असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोहसमिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको प्रस्ताव सम्पूर्ण फिल्महललाई त्यस्तो निर्देशन दिनएको हो ।

राष्ट्रिय गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने जानकारी समेत गृहले दिएको छ । यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।

Related Articles

Back to top button
Close