समाचार

पुडासैनीको तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गर्ने

मकवानपुर । मृतक सालिकराम पुडासैनीको तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गर्ने भएका छन् । पुडासैनीको तर्फबाट बहस पैरवी आफूले गर्ने अधिवक्ता नेपालले जानकारी दिए ।उनीसंगै चितवनका अधिवक्ता गोपीलाल देवकोटा, कमल पाठक र जगन्नाथ भण्डारीलगायतले पुडासैनीको पक्षको अधिवक्ताको रुपमा बहस गर्ने भएका हुन् । मृ तक पुडासैनीको तर्फबाट आफूसहितको अधिवक्ताहरुले मुद्धामाथि बहस पैरवी गर्ने भएको उनले जानकारी दिए ।

गत साउन २० गते चितवनको होटेल कंगारुमा मृत अवस्थामा फेला परेका पत्रकार पुडासैनीको आ त्मह त्यापूर्व खिचिएको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरीले आरोपी रवि लामिछाने, युवराज कँडेर र अस्मिता कार्कीलाई प क्राउ गरी हिरासतमा राखेको छ ।

चितवन जिल्ला अदालतले आरोपी लामिछानेसहित ३ जनालाई न्यायिक हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरेको थियो । हिजो मंगलवार फेरि अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।मृ तक पुडासैनीको तर्फबाट सरकारी वकिलसँगसँगै नीजि कानून व्यवसायीको रुपमा नेपालसहितका अधिवक्ताहरुले बहस गर्ने भएका हुन् ।

Related Articles

Back to top button
Close