समाचार

रविपत्नी निकिताले आफु विरुद्ध जाहेरी दिएपछि के भन्छन् पत्रकार किशोर श्रेष्ठ ?

काठमाडौं । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी जीवनत्याग प्रकरणमा थुनामा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले तीनजना विरुद्ध जाहेरी दिएकी छिन् । उनले किशोर श्रेष्ठ लगायत तीनजना विरुद्ध जाहेरी दिए पनि प्रहरीले लिन मानेको छैन । रवि पत्नी निकिताले जनआस्था सम्पादक श्रेष्ठ, नेपाल आज सम्पादक संकेत कोइराला र चितवन एसपी बिरुद्ध भिडियो छेडखानीको आरोपमा जाहेरी दर्ता गर्न प्रयास गरे काठमाडौँ प्रहरीले चितवन जान अनुरोध गरेको छ ।

यो बीचमा किशोर श्रेष्ठले आफुसहित तीनजना बिरुद्ध जाहेरी दर्ता गर्न खोजेको घटनामा आफ्नो मानमर्दन भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा बुधबार ‘शालिकराम प्रकरणको भिडियो उनकै परिवारबाट पाएर निस्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित हुँदै हामीले समाचार प्रकाशन गरेको’ उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘हिजो अधिवक्ता सुनिल पोख्रेल आफैँले चितवनमा पत्रकारहरुका सामु (हामीले शुरुदेखि जे भन्दै आएका थियौं) त्यही भन्नुभएको छ, अर्थात भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मिनेट २८ सेकेन्डको र अर्को ४ मिनेट ५८ सेकेण्डको !’

Related Articles

Back to top button
Close