समाचार

२५० आर्मी अधिकृतका लागि जागिर खुल्यो

नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदपुर्ति गर्न दरखास्त आह्वान गरेको छ।नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सूचना जारी गर्दै समावेसी र खुला प्रतिस्पर्धाबाट २ सय ५० जाना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो।

विभागले खुला तर्फ १३१, सैनिक तालिम वा आफ्नो कर्तब्य गर्दा कुनै शारिरिक चोटपटक लागि सोही कारणबस शारीरिक अशक्त भएका र कर्तब्य पालनाको शिलशिलामा मृत्यू भएका नेपाली सैनिकको सन्तती तर्फ २२, महिला तर्फ २२, आदिबासी/जनजाती तर्फ ३६, मधेसी तर्फ ३१, दलित तर्फ १७, पिछडिएको क्षेत्र तर्फ ६ जाना गरी २ सय ५० जाना लागि दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकले भदौ ४ गते देखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज ३ गतेदेखि ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

नेपाली सेनाको आधिकारिक वेवसाइट https://www.nepalarmy.mil.np/ मा अनलाइन दरखास्त फरम भरी सो को प्रिन्ट आउटसहित तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न सकिन्छ।

Related Articles

Back to top button
Close