समाचार

पुडासैनी परिवारले वकील समेत पाएनन् : खबर सुनेपछि अधिवक्ता स्वागत नेपालको टिम अघि बढ्यो

काठमाडौ । चितवनमा शंकास्पद मृत्युवरण गरेका पत्रकार शालिकराम पुडासैनीका पक्षमा वकालत गर्ने कानून व्यवसायी पाउन मुस्किल भएको छ । बरिष्ठ भनिएकाले मोटो रकम मागेपछि रकम खर्च गर्न नसक्ने परिवारले कानून व्यवसायी हायर गर्न नसकेको परिवारले जनाएको छ।

यो खबर बाहिर आएपछि निमुखा, विपन्न तथा अति पिडितको पक्षमा नि:शुल्क लड्ने प्रतिवद्धता गरेका बरिष्ठ सञ्चारकर्मी तथा अभिवक्ता स्वागत नेपालको टिमले उहाँको तर्फबाट बहस पैरवी गर्ने बचन दिनुभएको छ । उहाँको पक्षमा कसैलेपनि वकालत गर्न रकमकै कारण अस्वीकार गरे भन्ने सुनेपछि पुडासैनी परिवारको अनुरोध स्वीकार गरेको अधिवक्ता नेपालले जानकारी दिनुभयो ।

श्रमजीवी पत्रकारहरुका पक्षमा पैरवी गर्दै आउनुभएका स्वागत नेपाल समेतको समूहले स्व. पत्रकार पुडासैनीको पक्षमा बहस गर्ने भएको थाहा पाएपछि धेरैले खुशी व्यक्त गरेका छन् । यसै सन्र्दभमा एक समाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन् । निमुखा मान्छेहरुको पक्षमा पनि बोल्ने कोही कोही छन् यो देशमा । अरुका त चन्दा उठाएर पनि खर्च गर्छन् ।

उठाइरहेका छन् । तर, एउटै कार्यक्रममा कार्यरतमध्ये एउटा व्यक्ति म’रेको छ । अर्को ज्यूँदै छ तर तिनै मिडिया म’रेकाको घरमा के अवस्था छ कुनै रिपोर्ट बनाउँदैनन् तर बाँचेकाको लाइभका लाइभ समाचार बनाउँछन् । यसैबाट थाहा हुन्छ मिडियाभित्र पनि वर्ग छ । सम्पन्नले विपन्न वर्गलाई मिडियाभित्रै पनि पेल्दो रहेछ ।

तर, अहिलेसम्म तलब नपाएका पत्रकारको पक्षमा, राज्यले जबरजस्ती साइबर क्राइमको झुठो मुद्दा लगाएका पत्रकारको पक्षमा लड्दै आएको स्वागत नेपालसमेतको टिम र सबैलाई मेरो शुभकामना छ । न्याय बाँचिरहोस् । मलाई थाहा छ तपाईँको कुनै पक्ष छैन दोषी पत्ता लागोस् भन्ने मात्र हो । निमुखाको पनि मुख खुलोस् ।

Related Articles

Back to top button
Close