समाचार

आ त्मह त्या गर्नेले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलाई बिना जाहेरी कार्यकक्षमै गएर प्रहरीले नियन्त्रणमा लिएको प्रसङ्ग राष्ट्रिय सभामा उठेको छ । कांग्रेस सांसद मुक्ताकुमारी यादवले बुधबार राष्ट्रियसभा बैठकमा आ त्मह त्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ कि पाइँदैन भनेर प्रश्न उठाएकी थिइन् ।

उनले दिनदिनै आ त्मह त्या गर्नेहरुको संख्या बढिरहँदा सरकार यसबारे गम्भीर नभएको समेत आरोप लगाइन् । उनले प्रश्न गरिन्, ‘आ त्मह त्याको कारण के हो, सरकारले पत्ता लगाउनु पर्छ कि पर्दैन ?’ उनले अन्तर्राष्ट्रिय मान्यता तथा नियमअनुसार कार्यक्रमको तयारीमा रहेका सञ्चारकर्मीलाई दवावमा आएर प क्राउ गरिएकोमा आशंका ब्यक्त गरिन् ।

सिंहदरवार परिसरभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालयमा नायव सुब्बा बच्चुराम केसीले विषादी सेवन गरी आ त्मह त्या गरेको प्रसंग निकाल्दै उनले भनिन्, ‘दिनदिनै किन आ त्मह त्या भइरहेको छ, पत्ता लगाउने काम सरकारको हो कि होइन ?’

पत्रकार शालिकराम पुडासैनीको मृ त्युका बारेमा समेत प्रश्न उठिरहेको भन्दै उनले पुडासैनीको ह त्या हो या आ त्मह त्या भन्नेबारे सत्यतथ्य बाहिर ल्याउन मागसमेत गरिन् । उनले प्रश्न गरिन्, ‘कसैले आरोप लगाउँदैमा थुन्न पाइन्छ कि पाइँदैन ?’

Related Articles

Back to top button
Close