समाचार

प्रहरीमाथि आ क्र मण गर्ने रवि लामिछानेका समर्थकलाई मुद्दा दर्ताकाे तयारी

टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरुले दिनहु चितवनमा प्रदर्शन गरिरहेका छन् । रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरी कार्यालय लगेको दिन पनि प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा मुढा गरेका थिए ।

ढुंगा मुढाका कारण पाँच जना प्रहरी घा इते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रदर्शनकारीको प्रदर्शन नरोकिएपछि निषे धित क्षेत्र नै निर्धारण गरिएको छ ।

निषे धित क्षेत्र पनि प्रदर्शनकारीले बेलाबेला तोडेपछि प्रहरीसँग झडप भइरहेको छ । मंगलबार पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

जिल्ला अदालतले फेरि पाँच दिन रविसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रदर्शनकारीले निषे धित क्षेत्र तोडेका थिए । प्रहरीमाथि आक्र मण गर्ने ६ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस मध्ये चार जना मंगलबार धरौटीमा रिहा भए । चार जनालाई प्रहरीले पाँच सय धरौटीमा १ भदौमै रिहा गरिसकेका थिए । तर, बाँकी १० जनालाई भने मुद्दा चलाउने तयारी भइरहेको छ ।

Related Articles

Back to top button
Close