खेलकुद

१५ वर्ष मुनिको साफ च्याम्पियनमा नेपाल र भारत भिड्दै

काठमाडौं– पाचौं संस्करणको १५ वर्ष मुनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा आज (बुधबार) नेपाल र भारत भिड्दैछन् ।

प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रँदैछ । भारतको कल्याणीस्थित कल्याणी रंगशालामा हुने खेल अपरान्ह सवा १२ बजे शुरु हुनेछ ।

नेपालले हालसम्म यू-१५ को उपाधि जित्न सकेको छैन । तर, पाँचौ संस्करणमा भने नेपाल उपाधि घर ल्याउने योजनामा रहेको छ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

भारतपछि नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आईतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ ।

Related Articles

Back to top button
Close