समाचार

रमेश खरेल ज्यू! अहिले तपाईको झलझली याद आउँछ!

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो। सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि प्रहरीले तीनै जनालाई मंगलबार अदालत लगेको थियो।


तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनले आत्मह त्या दुरुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ। पत्रकार शालिकराम पुडासैनीको प्रकरणको अनुसन्धान सिलसिलामा प्रहरीले उनीहरूलाई साउन ३० प क्राउ गरेको थियो।

यसै क्रममा केहि बर्ष अघि रमेश खरेलले एउटा कार्यक्रममा बोलेको कुरा अहिले सामाजिक संजालमा भाइरल बन्दै गएको छ । एक फेसबुक चलाउने ब्याक्ति लेख्छन्, नेपाल प्रहरीका पुर्व डिआईजि ” रमेश खरेल ज्यु तपाई को सम्झना आयोो ।’ रमेश खरेलले भनुभएको थियो ।’ नेता ज्यु तपाईको चाकरी गर्ने र सुटकेसमा पैसा बोकेर पावर सेण्टरमा धाउनेहरुलाई नेपाल प्रहरी प्रमुखको जिम्मेवार नदिनु होला ।’ ‘होइन भने देशले र देशका नागरिकहरुले धेरै दुख र कस्ट भोग्ने छन र जतात्यतै अपराधीको, कमसिनखोरीको, बलत्कारी र गुन्डाको राज चल्ने छ ।’

 

आज नभन्दै त्यहि भईरहेको छ,देशका जनता माथी नेताको चाकरी गर्ने र सुटकेसमा पैसा बोकेर पावर सेण्टरमा धाउने प्रहरी प्रमुख हुदा नेताको चाकरी गर्दागर्दै न्याय माग्ने जनता माथि गो लि र लाठी बर्साउन लगाईएको छ । आज हरेक घटना घट्दा रमेश खरेल ज्यु ले भनेको कुराहरुलाई सम्झना गराउँँछ ।नेताको चाकरी गरेर पदमा बस्नु भन्दा पद नै त्याग गर्ने नेपाल प्रहरीका होनहार, ईमानदार र साहासिक प्रहरी अधिकृत रमेश खरेल ज्युलाई मेरो सलाम छ ।

Related Articles

Back to top button
Close