समाचार

एसपि मल्ल पनि अनुसन्धानको घेरामा तानिने संकेत !

काठमाडौ। नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको व्यवहारलाई लिएर असहमति जनाउदै कुनै उजुरी वा किटानीविना नै सञ्चारगृहभित्रै प्रवेश गरेर पक्राउ गर्नु गल्ती भएको टिप्पणी गरेका छन् । संचारकर्मीसंग कुरा गर्दै पूर्व एआइजी शर्माले शालिकराम पुडासैनी प्रकरणको ‘भिडियो लिक’ भएको सम्बन्धमा पनि प्रहरीलाई उम्कने ठाउँ नरहेको जिकिर गरेका छन् ।

घटनाबारे लगाइएको आरोपलाई लिएर रविजीले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने र दोषी देखिए कारवाही भोग्ने नैतिक साहस देखाइसकेको अवस्थामा जुन तरिकाले एक सामाजिक प्रतिष्ठा भएका मान्छेलाई त्यसरी संचारगृहभित्र पसेर लगियो, त्यस्तो गर्नु गलत भएको उनले बताएका छन् । उनले प्रहरीको अनुसन्धान जस भन्दा बढी अपजस कमाउने ठाउँ बनेको गुनासो गर्दै रवि लामिछानेको अनुसन्धान प्रक्रियामा केही गल्तीहरु भएको टिप्पणी पनि गरेका छन् ।

यो पनि पढ्नुस – विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । पिण्डेश्वरमा अरु बेलाभन्दा साउनमा अत्यधिक भीड लाग्ने गरेको छ । भक्तजनले यहाँ पूजापाठसँगै जल चढाउने गरेका छन् ।

उक्त मन्दिर गुठी संस्थानअन्तर्गत सञ्चालित रहेको मन्दिरका पुजारी विनोद पोखरेलले बताउनुभयो ।पिण्डेश्वर मन्दिरको महिमा नेपालका अन्य शिव मन्दिरहरुकाे तुलना फरक र महत्वपूर्ण छ । हरेक मन्दिरको आफ्नै विशेषता र महत्व हुने गर्दछ । मध्यकालिन कला कैशलको नमुना देख्न सकिने धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर बाबा धामको पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहाँ प्रत्येक वर्ष (बर्ष भरिमा) करिव ७ देखि ८ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउछन् । जस मध्य करिव ५ लाखको हारहारीमा श्रावण महिनामा शिवलाई जल चढाउन आउने गर्दछन् ।

स्कन्दपुराणको हिमवत्खण्ड अन्तरगत रुद्राक्षण माहात्म्यले पिण्डेश्वर बाबा धामको उत्पतिको बारेमा वर्णन गरेको छ । पिण्डेश्वर परिसरलाई रुद्राक्षका वनको रुपमा उल्लेख गरेको छ । त्यस्तै समुन्द्र मंथन गर्ने क्रममा विभिन्न बस्तुहरु निस्किए, साथै अमृत पनि ति बस्तुहरुलाई छानेर अमृत निकाली सकेपछि बाँकी रहेका बिकार यूक्त बस्तु अथवा छोक्राको पिण्ड बनाई यस स्थानमा देवताहरुले पुजा गर्ने गरेको बताइएको छ । संसारको जुनकुनै कुनामा यदि रुद्राक्षको माला फल प्राप्ती गर्ने उदेश्यले लगाइन्छ भने उक्त रुद्राक्षकोमाला पिण्डेश्वर बाबा धाममा ल्याई विधिवतरुपमा मन्त्र उच्चारण गरिनु पर्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

Related Articles

Back to top button
Close