समाचार

कश्मीर मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजाँदै पाकिस्तान

इस्लामाबाद : पाकिस्तानले कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय न्यायीक अदालतमा लैजाने तयारी गरेको बताएको छ ।डन न्युजका अनुसार विदेशमन्त्री साह मेहम्मुद कुरैसीले मंगलबार जानकारी दिएका हुन् । पाकिस्तानले कश्मीर विषय संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा पनि उठाएको थियो ।

जहाँ पाकिस्तानको पक्षमा अन्य देशहरु देखिएनन् । ५ अगष्टमा भारतले कश्मीरको विशेषाधिकार खारेज गर्ने गरी संविधानको धारा ३७० हटाएपछि यसबारे विश्वकै चासो छ ।

भारतीय धर्मगुरुले मलेसियामा माफी मागे
विवादास्पद भारतीय धर्मगुरु जकिर नायकले मलेसियामा रंगभेदी अभिव्यक्ति दिएकोमा माफी मागेका छन् ।प्रहरीले प्रश्न गरेको भोलिपल्टै उनले माफी मागेका हुन् । जकिरमाथि भारतमै मुद्रा अपचलन तथा घृणायुक्त अभिव्यक्ति फैलाएको मुद्दा थियो । उनले मलेसियामा यहाँको वहुसंख्यक समुदायलाई रंगभेदी अभिव्यक्ति दिएका थिए ।

मंगलबार उनले आफ्नो उद्देश्य कसैलाई होच्याउने नभएको भन्दै आफ्ना अभिव्यक्तिले कसैलाई हानी पुगेको भए माफी चाहने बताए । स्थानीय मिडियाका अनुसार उनलाई मलेसियाको प्रहरीले सार्वजनिक अभिव्यक्ति दिन प्रतिबन्ध पनि लगाएको छ ।

Related Articles

Back to top button
Close