समाचार

सरकारले ६ गते शुक्रबार दियो सार्वजनिक विदा [विज्ञप्तिसहित]

काठमाडौ । सुदूरपश्चिममा विशेष महत्वका साथ मनाइने गौरा मर्व आउँदैछ । यो बीचमा सरकारले यही भदौ ६ गते शुक्रबार सार्वजनिक विदा दिने भएको छ । सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइने प्रदेश सरकारले जानकारी दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति निकालेर ‘गौरा पर्व’को अवसरमा आगामी शुक्रबार सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमूदायमा गौरा पर्वका अवसरमा शुभकामना समेत व्यक्त गरेको छ ।यो सँगै गौरा पर्वको अवसरमा यही भदौ ६ गतेका दिन कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा दिइएको हो ।

Related Articles

Back to top button
Close