खेलकुद

पिएसजीले नेयमारबारे भन्योः क्यास तिर, लोनमा हुँदैन

एजेन्सी । पिएसजीका स्टार खेलाडी हुन् नेयमार । उनलाई बार्सिलोनाले किन्ने हल्ला चलिरहेको छ ।पिएसजीबाट खेल्न नचाहेका उनले कुनै समय पिएसजी आउन बार्सिलोनामा ठुलै नाटक गरेका थिए ।

तर, पिएसजी आएपछि पनि उनले आफ्नो मनलाई शान्त पार्न सकेनन् । उनलाई पुनः बार्सिलोना विश्वास गरेर क्लबमा ल्याउन चाहेको छ । मिडिया रिपोर्टका अनुसार उनलाई लोनमा भने पनि अनुबन्ध गर्न चाहेको छ ।

तर, २२२ मिलियन युरो तिरेर नेयमारलाई अनुबन्ध गर्न सक्ने बताइको छ । बार्सिलोनाले नेयमारलाई लोनमा लैजान चाहेको छ । तर, पिएसजीले उसलाई तिरेको मुल्य दिएर लैजान आग्रह गरेको छ ।

मेस्सीको इच्छाले नेमार ल्याउन फरक रुपमा बढ्दै बार्सिलोना
ला लिगामा नयाँ सिजनका लागि खेलाडी किनबेचको समय झण्डै दुई हप्ता बाँकी छ। यसैले गएको सिजनको लिग विजेता बार्सिलोना जतिसक्दो छिटो नेमारसँगको सम्झौता पक्का गर्ने दौडधुपमा लागेको छ।

बार्सिलोनाले नेमारका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आधिकारिक रुपमा राखेको यसअघिका प्रस्ताव अस्वीकृत भइरहँदा नयाँ प्रस्तावका लागि बार्सिलोना अघि बढेको हो । ब्राजिलियन स्टार खेलाडी नेमारको नयाँ सिजन के हुने भन्ने अन्योल रहेका बेला बार्सिलोना फरक रुपमा अघि बढ्न लागेको हो।

नेमार ल्याउन पिएसजीसँगको सम्झौताका लागि नै बार्सिलोनाका फुटबल निर्देशक इरिक अबिडाल फ्रान्समा छन्। बार्सिलोनामा नेमारले भित्र्याउने मागमा स्टार खेलाडी लियोनल मेस्सी नै संलग्न रहेकोले उनलाई जसरी पनि ल्याउने प्रयासमा बार्सिलोना लागेको खबरहरु आइरहेका छन्। त्यसका लागि एक सिजनका लागि लोनमा मात्रै ल्याउन सकिने पछिल्लो प्रयासमा बार्सिलोना लागेको छ।

नेमार पीएसजीमा नयाँ सिजन निरन्तर नगर्ने योजनामा लागिरहेका छन्। उनको रोजाइँ पनि बार्सिलोनामा नै केन्द्रित छ। पीएसजी पनि उनलाई क्लब छाड्न दिन तयार छ, तर सम्झौता अघि बढ्न भने सकेको छैन।

२०१७ मा बार्सिलोना छाडेर २०० मिलियन पाउण्ड कीर्तिमानी रकममा पीएसजी पुगेका नेमार पुनः बार्सिलोना फर्कने प्रयासमा ठूलो रकम नै बाधक बनिरहेको हो।

अहिले पीएसजी समय बिताउने शैलीमा देखिएको छ। छाड्न चाहने खेलाडीलाई बाटो खुला रहेको बताउँदै आएको पीएसजीले समय सकिएपछि नेमार क्लबकै रहने र प्रोफेसनल रुपमा अघि बढ्ने आशामा छ।

पिएसजी प्रशिक्षक थोमस टचेलले भने नेमारबिना पनि क्लब कसरी अगाडि बढ्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताएका छन्। नेमारको विकल्प थाहा नभई उनलाई क्लबले छाड्न नहुने उनको भनाई छ।

Related Articles

Back to top button
Close