समाचार

स्वास्थ्यमन्त्रीलाई प्रश्न : प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपालसँग छैन ?

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो भनी प्रश्न उठाएका छन् ।मंगलबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भनी प्रश्न गरेका हुन् । उनले केही उपकरण किनेर सिंगापुरका डाक्टरलाई यहाँ बोलाएर उपचार गर्न सकिने मत पनि रहेको भन्दै मन्त्रीसँग जवाफ मागेका थिए ।

सिंगापुरमा उपचारका लागि साउन १८ गते त्यसतर्फ गएका प्रधानमन्त्री केपी शर्मा ओली साउन २७ गते फर्किएका छन् । उनी फेरि उपचारका लागि त्यसतर्फ जाँदैछन् ।जवाफमा उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीलाई डाक्टरहरुले सिंगापुरमै उपचार गर्न सिफारिस गरेकाले सिंगापुर गएको बताएका छन् ।उपप्रधानमन्त्री यादवले नेपालमा नेपालमा धेरै रोगको उपचार सम्भव भए पनि प्रधानमन्त्री भने डाक्टरको सिफारिसमा सिंगापुरमा उपचार गराएको बताए ।

‘नेपालमा धेरै रोगको उपचार सम्भव छ, भइरहेको छ । केही टिपिकल कन्डिसनमा बाहिर जानुपर्ने अवस्था छ’ उनले भने ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारका लागि बाहिर नै यहाँका डाक्टरले रेफर गरेकाले बाहिर नै उपचार गराउँदा उचित हुन्छ भनेर उहाँ जानुभएको थियो र फेरि जाने क्रममा हुनुहुन्छ।’उपप्रधानमन्त्री यादवले नेपालमा सबै उपचार सम्भव भएपछि र उपकरण भएपछि बाहिर गइरहनुनपर्ने बताए ।

Related Articles

Back to top button
Close