समाचार

रविलाई भेट्न भरतपुर अदालत पुगिन् निकिता

भरतपुर ३ भदौ- नेपाली पत्रकार शालिकराम पुडासैनीको मृ*त्यु प्रकरणमा अनुसन्धानको घेरामा परेका रबि लामिछाने लगायत सहकर्मी युवराज कंडेल र अश्मिता कार्की आज पनि भरतपुर जिल्ला अदालतमा पेश भएका छन । हिजोदेखि आरोपीहरुको बयान सुरु भएको छ।

मृ*तक पुडासैनीले आफु आ*त्मह*त्या गर्नु अगाडी रेकर्ड गरेको भिडियोमा रबि लामिछाने लगायत तिन जनालाई आफ्नो मृ*त्युको मुख्य दो*षी ठहराएको कारण उनीहरु यस प्रकरणमा मुछिएका हुन् । तर रबिका समर्थकहरुले भने रविलाई फसाइएको बताउदै आएका छन ।

यदि आज पनि बयान सकिएन भने रबि लामिछाने लगायतलाई म्याद थप गरि अझै हि*रासतमा राख्ने अनुमति अदालतले दिन सक्ने सम्भावना छ । यसै बीच रबि पत्नी निकिता पनि भरतपुर जिल्ला अदालत पुगेकी छन ।

संसदमा पनि रवि लामिछानेकै कुरा, सांसदले उठाए यस्तो आवाज
टेलिभिजन प्रस्तोता रवि लामिछाने प क्राउ परेपछि उत्पन्न परिस्थितिलाई लिएर मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी विषयमा अनुसन्धानका लागि लामिछाने प क्राउ परेपछि चितवनका सडकमा पाँच दिन देखि भइरहेको गतिविधि प्रति सांसदहरुले प्रश्न उठाएका छन् । उनीहरुले यस्ता गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको भन्दै सरकारलाई सजग गराएकी छन् । उनले यस्तो बेलामा भिड ले गलत काम गर्न सक्ने भन्दै सबै दल एक ठाउँमा उभिनुपर्ने बताइन् । उनले चितवनमा भइरहेको कामलाई सहि मान्न नसकिने बताएकी छन् ।

त्यस्तै नेकपा सांसद हितबहादुर तामाङले पनि चितवन घ टना प्रति चिन्ता ब्यक्त गरेका छन् । उनले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल निय न्त्रण गर्नुपर्ने बताए । उनले पनि अनुसन्धान निश्पक्ष हुनुपर्ने बताएछन् । पत्रकार शालिकराम पुडासैनीको आ त्म ह त्यापछि प्रहरीले आ त्म ह त्यालाई दुरु त्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प क्राउ गरेको छ । तर, लामिछाने प क्राउको बिरोधमा चितवनको सडकमा दैनिकजसो नाराबा जी भइरहेको छ ।

Related Articles

Back to top button
Close