समाचार

नेकपामा सुरु भयो बबण्डर, प्रभु साहले दिए प्रदेश २ को अध्यक्षबाट राजिनामा

काठमाडौं– प्रभु साहले नेकपा प्रदेश २ अध्यक्षबाट राजिनामा दिएका छन् । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।स्थायी कमिटीका प्रबल दावेदार मानिएका साहको नाम कमिटीमा परेको थिएन । सोही कारण उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिका विहीन बनाइएको थियो ।

प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइयो। सर्वसम्मत ढङ्गबाट जिल्ला कमिटी गठन गर्दासमेत शपथ ग्रहण अगाडि बढ्न सकेको छैन ।

नेकपामा पछिल्लो समय विवाद बढ्दै गएको छ । केही दिन अघि माधवकुमार नेपाललाई वरियताक्रममा तल झारिएको थियो । पार्टीको तेस्रो नम्बरमा झलनाथ खनाललाई ल्याएर नेपाललाई चौथो बरियतामा झार्ने निर्णय सचिवालयले लिएको थियो । त्यसपछि नेपाल असन्तुष्ट बन्दै गएका छन् । यस्तो अध्यक्ष प्रचण्डले समेत पार्टी एकिकरण गरेको पछुतो लाग्न थालेको अभिव्यक्ति दिँदै आएका छन् ।

Related Articles

Back to top button
Close