समाचार

भारतसँग तनावका बेला पाकिस्तानले सेना प्रमुखको कार्यकाल तीन वर्ष थप्याे

एजेन्सी । पाकिस्तानले सेवानिवृत हुन लागेका सेनाप्रमुखको कार्यकाल तीन वर्ष थपेकाे छ । भारतले भारत-प्रशासित कश्मीरको संविधानप्रदत्त विशेषाधिकार खोसेपछि भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएका बेला पाकिस्तानले प्रधानमन्त्री कार्यालयद्वारा एक विज्ञप्ती जारी गर्दै जनरल बाज्वाको कार्यकाल बढाउने निर्णय गरेको हो ।

दुई देशबीचको सम्बन्ध निकै तनावपुर्ण अवस्थामा रहेका बेला सुरक्षास्थितिलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जनाइएको छ । यद्यपी सेनाप्रमुखको कार्यकाल बढाइने कुरा केही महिनादेखि चलिरहेको थियो। बाज्वाले नोभेम्बर २०१६ मा सेनाको नेतृत्व सम्हालेका थिए। उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरिफले गरेको नियुक्तिअनुसार जनरल बाज्वा यही नोभेम्बरमा सेवानिवृत्त हुँदै थिए।

वर्तमान कार्यकाल पूरा हुने दिनदेखि सुरु हुने गरी प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको सूचनाअनुसार जनरल कमर जावेद बाज्वालाई तीन वर्षका लागि समय थप गरिएकाे हाे । सूचनामा प्रधानमन्त्री इमरान खानको हस्ताक्षर छ ।

सरकार-सेना सम्बन्धलाई समेत परिभाषित गर्ने सेनाप्रमुखको नियुक्ति वा उसको कार्यकाल प्रधानमन्त्रीको एउटा महत्त्वपूर्ण निर्णयका रूपमा हेरिन्छ। जसको प्रत्यक्ष असर देशको सरकार र उसको निर्णय लिने क्षमतामा पर्नेछ। जनरल बाज्वा र इमरान खानबीच विशेष सम्बन्ध रहेकाे समेत बताइने गरेकाे छ।

Related Articles

Back to top button
Close