किन बाहिरियो शिल्पा र छविको बिहेको फोटो ?
निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले वि.सं २०७३ साल असारको २९ गते बिहे गरेका थिए । काठमाण्डौको एक रिसोर्टमा थोरै मात्र पाहुनाको उपस्थितीमा उनीहरुले बिहे गरेका थिए । बिहे भएको ३ बर्षपछि छवि र शिल्पाको सम्बन्ध डिभोर्सको अवस्थामा पुगेको छ । डिभोर्सको मुद्दा अदालतमा पुगेको अवस्थामा दुबैलाई बहुबिबाहको मुद्दा समेत लागेको छ ।
यसैविच, आइतबार मात्र शिल्पालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । शिल्पा र छविलाई बहुबिबाहको मुद्दा लागिरहेको समयमा ३ बर्ष अगाडिको उनीहरुको बिहेको तस्वीर बाहिरिएको छ । यो तस्वीर शिल्पाले दाई बनाएकी फोटोग्राफर विकास रौनियारसँग मात्र थियो । उनीहरुले नै संचालन गरिरहेको अनलाइन पोर्टलबाट यो तस्वीर सार्वजनिक गरिएको हो ।
‘घिउप्रेमी’ शिल्पा
बलिउडका फिट अभिनेत्रीमा गनिन्छिन्, शिल्पा सेट्टी। उनी योग गर्छिन्। योगका सीडी पनि बजारमा ल्याइसकेकी छिन्। उनले योग गरिरहेका भिडियो युट्युबमा प्रशस्त भेटिन्छन्। थुप्रैले उनलाई आफ्नो गुरु मान्छन्। उनलाई फलो गर्छन्।
उनको छरितो ज्यान देखेर धेरैले उनलाई ‘डाइट कन्सस’ ठान्छन्। तर, उनी आफूले डाइटिङ नगर्ने बताउँछिन्। ‘मान्छेलाई सन्तुलित आहारबारे सही जानकारी हुन आवश्यक छ,’ उनी भन्छिन्, ‘३० प्रतिशत वर्कआउट हो। चाहे त्यो जिम होस् वा योग। तर, ७० प्रतिशत सही डाइट हो। सही डाइटको अर्थ खानामा तेलै नहाल्ने होइन।’
‘प्रशस्त फाइबर खानुपर्छ, कार्बोहाइड्रेट पनि त्यस्तै खानुपर्छ,’ उनी थप्छिन्, ‘मलाई आलुजिरा खूब मन पर्छ। मान्छेहरू आलु खाँदैनन्। आलु खाए मोटाइन्छ भन्छन्। मलाई त्यस्तो लाग्दैन। म आलुजिरा धेरै खान्छु। कसले भन्छ, जैतुनको तेलमा खाना पकाउनुपर्छ। म त घिउप्रेमी हुँ। प्रशस्त घिउ खान्छु। घिउबिना मेरो खाना अधुरो हुन्छ।’