समाचार

रविलाई अर्को आपत, सम्पती छानविन गरिँदै !

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आ त्मह त्या प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको सम्पत्ति छानविन गर्न माग गरिएको छ ।पुडासैनीले आ त्मह त्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछानेले विभिन्न व्यापारीक समूह, तस्करहरुसँग रकमको बार्गेनिङ गर्ने गरेको र करोडौं लिने गरेको आरोप लगाएका थिए । पुडासैनीले आरोप लगाएपछि रविको सम्पत्ति छानविन गर्न माग गरिएको हो ।

यसैबीच सत्तारुढ दल नेकपाको भ्रातृ संगठन नेपालका सहसंयोजक रमेश पौडेलले सञ्चारकर्मी लामिछानेको सम्पत्तिको श्रोतको छानवीन गर्नुपर्ने माग गरेका छन् ।सामाजिक सञ्जाल फेसबुमा उनले रविको सम्पत्ति छानविन गर्नुपर्ने धारणा राखेका छन् । पूर्व सहकर्मी शालिकराम पुडासैनीले आफूलाई लामिछाने लगायतले अत्याधिक तनाव दिएका कारण मृत्युवरण गर्न लागेको भिडियो मार्फत बताएका थिए ।

अदालतमा रवि लामिछानेबारे अर्काे वारपार !
पत्रकार शालिकराम पुडासैनी प्रकरणमा आ त्मह त्या दुरुत्साहन गरेको अभियोगमा प क्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको फाइल फेरि भोलि अदालतमा जाने भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले लामिछानेसहित तीन जनाको बयान लिने क्रम सकिएको छ । चितवनका जिल्ला सरकारी वकिलको उपस्थितिमा सञ्चारकर्मी लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको बयान सोमबार लिइएको छ ।

चितवन प्रहरीका प्रमुख दानबहादुर मल्लले तीन जनाको बयान लिने क्रम सकिएपनि अदालतमा मंगलबार पेश गरिने बताए । यसअघि अदालतमा पेश गरिएका लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । अब भोलि अदालतले रविलाई अझै थुन्ने कि छाड्ने भनेर वारपार हुने भएको छ ।

पुडासैनी प्रकरणमा दुरुत्साहन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका लामिछाने, कँडेल र कार्कीलाई बयान लिइएको छ । पक्राउ परेका तीन जनासँगको बयान सकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आवश्यक थप अनुसन्धान गर्नुपर्ने भएकाले मंगलबार म्याद थपका लागि प्रहरीले तीन जनालाई जिल्ला अदालत चितवन लैजाने तयारी गरेको छ । पाँच दिनको म्याद सोमबार मध्यराति १२ बजे सकिँदैछ ।

पोस्टमार्टम रिपोर्ट सोमबार पुगेकाले अदालतले थप अनुसन्धानका लागि म्याद थप्ने अनुमान गरिएको छ । लामिछानेका समर्थकले सोमबार पनि भरतपुरमा प्रदर्शन गरेका छन् । उनीहरू लामिछानेलाई छाड्न माग गर्दै आएका छन् ।स्थानीय राजनीतिक दलले अनुसन्धान प्रभावित हुने गरी प्रदर्शन नगर्न सार्वजनिक आह्वान गरिसकेका छन् ।

Related Articles

Back to top button
Close