समाचार

रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षद्वारा राजीनामा

चितवनः रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।प्रदर्शनको नाममा स्वतन्त्र अनुसन्धानलाई नै प्रभावित गर्ने र गणतन्त्रबिरुद्ध जनमत सिर्जना गर्न खोजेको बताउँदै विज्ञप्तिमार्फत राजीनामाको घोषणा गरेका हुन् ।घिमिरेले जारी गरेको विज्ञप्तिमा समितिको नाममा बाह्य व्यक्तिहरुले फाईदा उठाउन खोजेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हिरासमा रहनुभएका रवि लामिछाने सम्बन्धमा स्वच्छ र निष्पक्ष छानविन होस् भनी रवि लामिछाने बचाउ समिति गठन गरि म सरोज अध्यक्ष भई स्वतन्त्र छानविन र निष्पक्ष न्यायका लागि शान्तिपूर्ण कार्यक्रम समापन गर्दै आइरहेकोमा हाम्रो समितिको नामबाट हुने कार्यक्रममा

असान्दर्भिकरुपमा व्यक्ति विशेष र गणतन्त्रमाथि नै प्रहार हुने गरि कार्यक्रमलाई प्रभावित गरि भड्काउन खोजेको एवं यस समितिको नाममा बाह्य व्यक्तिगत फाइदा उठाउन खोजेको र समितिको कुनै औचित्य नै नभएको हुँदा छानविन कार्यलाई नै प्रभावित गर्ने जस्ता उच्श्रृंखल गतिविधि हुन लागेको महसुस भएकाले आज (साउन २) गतेदेखि अध्यक्षको भूमिकामा नरहेको व्यहोरा सर्वसाधारण तथा सबैमा जानकारी गराउँछु ।’ पढ्नुस् विज्ञप्ति–

Related Articles

Back to top button
Close