समाचार

रवि लामिछानेको समर्थन गरेकै कारण पत्रकार गजुरेललाई चरित्र ह त्या गर्नेदेखि ज्या न लि नेसम्मकाे धम्की

नुवाकोट, २ भदाै । शालिकराम पुडासैनी ह त्या वा आ त्महत्या भन्ने नै निर्क्यौल नहुँदै जब एक भिडियो बाहिरिएसँगै यस प्रकरणमा सिधाकुरा जनतासँगका प्रस्ताेता रवि लामिछानेलगायत चितवन प्र हरीकाे निय न्त्रणमा छन् ।

यसै क्रममा न्युज २४ टेलिभिजनमा कार्यरत नुवाकोटका टिभी जर्नालिस्ट रामहरि गजुरेललाई विगत धेरै दिनदेखि केही आ परा धिक व्यक्ति तथा समुहले चरित्र ह त्या गरिदिनेदेखि ज्या न लि नेसम्मको धम्की दिइरहेकाे खुलेकाे छ ।

पत्रकार रवि लामिछानेलाई फसाउन चाहने र उनका विरोधीहरुले नेपाल पत्रकार महासंघ ३ नं. प्रदेश सदस्य तथा प्रेस सेन्टर नेपाल नुवाकोटका अध्यक्ष समेत रहेका पत्रकार गजुरेललाई भिडियो बाहिरिएको दिन साउन २९ गतेदेखि अहिलेसम्म यस्तो धम्की दिइरहेका हुन् ।

त्यस समुहका व्यक्तिहरुले गजुरेललाई सामाजिक सञ्जालमार्फत् चरित्र ह त्या गरेर आ त्मह त्यासम्म गर्न बाध्य बनाइदिने, त्यति गर्दा पनि नभए परिवारका सदस्य तथा उनका बच्चालाई अप हरण गरिदिने र त्यो पनि सम्भव नभए पत्रकार गजुरेलको ह त्या गरिदिने बारम्बार ध म्की दिइरहेका छन् । फोन, म्यासेज र नक्कली फेसबुकबाट ध म्की दिइरहेका उनीहरुले पत्रकार रवि लामिछानेको समर्थन नगर्नसमेत चे तावनी दिइरहेका छन् ।

पत्रकार लामिछानेको पक्षमा रहेको र न्युज २४ का टिभी जर्नालिस्ट भएकै कारण यसबाट आफुलाई पेशागत चुनौती, असुरक्षा बढेको र मानसिक रुपमा दिइएको दबावले बिक्षिप्त बन्नुपरेको गजुरेलले गुनासो गरेका छन् । पत्रकार लामिछानेलाई जसरी पनि फ साउनुपर्ने र उनको पक्षमा बोलेमा र समर्थन गरेमा यस्तो हालत बनाइदिने बारम्बारको ब्ल्या कमेलिङ तथा ध म्कीपछि कानुनी उपचारको खोजीमा जान आफु बाध्य हुनुपर्ने अवस्था आएकाे उनले बताएका छन् ।

तर यसप्रकारको धम्की र त्रासबाट आफू कतिपनि विचलित नभई सशक्त पत्रकारितामार्फत् यसखाले अपराध, ष ड्यन्त्र र गु ण्डाग र्दीविरुद्ध निडरताका साथ सत्यतथ्य उजागर गर्नमा निरन्तर लागिरहने पत्रकार गजुरेलले अठोट लिएका छन् ।

पत्रकार पुडासैनीको मृ त्युपछि मृतकको न्यायका लागि सत्यतथ्य छानविन गरी वास्तविक दोषी पत्ता लगाउनुपर्ने तर, न्यायिक छानबिनको नाममा भ्रष्ट, अ पराधी र तस्करहरुको स्वार्थमा बल पुग्नेगरी पत्रकार रवि लामिछानेलाई फ साउन नहुने आवाज गजुरेलले उठाउँदै आएका छन् ।

Related Articles

Back to top button
Close