समाचार

पत्रकार किशोर श्रेष्ठलाई मृ तक पुडाशैनीकै परिवारले भिडियो उपलब्ध गराएको खुलासा !

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले चितवनमा झु ण्डिएको अवस्थमा मृ त भेटिएका पत्रकार सालिकराम पुडाशैनीको आ त्मह त्या भन्दा अघिको भिडियो सालिकरामै परिवारले उपलब्ध गराएको बताएका छन् ।

एक युटुब च्यानललाई अन्तरवार्ता दिदै पत्रकार श्रेष्ठले नेपालआजलाई पनि आफूले नै भिडियो उपलब्ध गराएको बताए । अनुसन्धानमा सहयोग हुन्छ भनेर आफूले भिडियो सार्वजनिक गरेको पनि उनले बताए ।

भिडियो सार्वजनिक गरेपछि अनुसन्धानमा सहयोग पुग्ने भन्दै उनले भिडियो पुलिस, अथवा अरु कुनै सरकारी निकायबाट प्राप्त गरेको प्रमाणित गरेर देखाउन चुनौती दिए । युटबसँग कुरा गर्दै उनले ६ महिनादेखि सालिकरामले आ त्मह त्याको प्रयास गरेको भनेर परिवारले आफूलाई बताएको पनि बताए ।

अहिले भिडियो किन र कसरी ल्यायो भन्नुभन्दा पनि त्यो भिडियोमा भएको कुरा सत्य कुरा के हो छानविन हुनुपर्ने उनको तर्क छ । रवी लामिछाने झुट हो भनेर प्रमाणित गर्ने पक्षमा आफू नरहेको भन्दै उनले अनुसन्धानलाई प्रभावित गर्ने गरी भीड नगर्न पनि सबैसँग आग्रह गरे।

उनले भिडियोमा आफूले कसैलाई फसाउनका लागि या कसैलाई सिध्याउनका लागि मात्रै भिडियो सार्वजनिक नगरेको बरु अनुसन्धानमा सहयोग पुगोस भनेर सार्वजनिक गरिएको बताए ।

रवि लामिछाने आफैँले अनुसन्धान गर्नमा आफूले सहयोग गर्न तयार रहेको भनिरहेका बेला केही हुलले अनुसन्धान नै गर्न पाईदैन भन्दै भिडभाड गर्नु गलत रहेको पनि उनले बताए ।

Related Articles

Back to top button
Close