समाचार

प्रधानमन्त्री ओलीले ‘मेलम्चीको ठेकेदार भाग्यो’ भन्दा मन्त्री वीना मगरको अनुहारमा मुस्कान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेलम्चीको ठेकेदार भाग्यो, यस्तो कुरा कहीलेकहीँ हुन्छ’ भन्नुहुँदा खानेपानी मन्त्री वीना मगरको अनुहारमा मुस्कान छाएको छ ।आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो- ‘एउटा मेलम्चीको ठेकेदार भाग्यो, यस्तो कुरा कहीलेकाहीँ हुन्छ, सरकार भागेको त होइन नि । ठेकेदार पो भागेको हो त, ठेकेदार भाग्यो हामी आफैँ काम गर्दै छौँ । मेलम्चीको पानी ल्याउँछौँ अलिकति ढिलो भयो ।’

संसदमा प्रधानमन्त्रीले उक्त कुरा बताइरहँदा मन्त्री वीना मगरको अनुहारमा भने आफूले केही राहत पाएको जस्तो चमक देखिएको थियो ।प्रधानमन्त्री ओलीले विकास आयोजनाहरूमा देखिएका समस्याहरू छिटोछरितो तरकाबाट सामाधान गर्न सरकार लागि परेकाे पनि बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘विकासका आयोजनाहरूको कर्यन्वनका समस्यहरु देखिएकाे छ, त्याे समस्यहरू कसरी छिटोछरितो गर्न सक्छौँ, त्यसबाटमा हामी गइरहेका छौँ, नयाँ-नयाँ काइदा नयाँ-नयाँ रणनीतिहरू अवलम्बन गरिएको छ ।’

राष्ट्रिय गैरवका आयोजनाहरू, रुपान्तकारी आयोजनाहरू र आर्थिक बृद्धिदरलाई सहयोग गर्ने थुप्रै आयोजनाहरुकाे कर्यान्वयन गर्न प्रभावकारी व्यवस्था मिलाइएको पनि बताउनुभयाे ।प्रधानमन्त्री ओलीले तत्काल समाधान गर्नकाे लागि समाधान कक्षको स्थापना गरेकाे समेत बताउनुभयाे ।

‘समस्याहरू आई परे भने तत्काल समाधान गर्नको लागि समाधान कक्षको स्थापना गरिएको छ,’ उहाँले भन्नुभयाे, ‘यी नयाँ शैली/तरिकाहरू अगाडि बढाइएको छ ।’प्रधानमन्त्री परिषद्को कार्यलयामा आयोजनाहरूको अनुगमन गर्ने कक्षा स्थापना गरेकाे र यसबाट प्रमुख आयोजनाहरूको तत्काल अनुगमन गर्न सकिने उहाँकाे भनाइ थियाे ।

Related Articles

Back to top button
Close