रविले मागेका थिए पाँच लाख घु स ? मिडियामा आएर के भन्छन् यी व्यक्ति ?
काठमाडौं। संचारकर्मी रवि लामिछानेले पाँच लाख घुस मागेको खुलासा भएको छ । न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछानेलाई पूर्वमाओबादी लडाकु रक्षकुमार राईले पाँच लाख घुस मागेको आरोप लगाएपछि यस्तो खुलासा भएको हो।
राईले कतारको जेलमा दुखदायि जेल जीवन विताइरहेका इलामका प्रेम राईलाई बचाउन संचालन गरेको सहयोग अभियानको क्रममा रविले पाँच लाख घुस मागेको बताएका छन् । प्रेम बचाउ अभियानका अभियन्ताले प्रेमका बारेमा केही बोलिदिन आग्रह गर्दा पाँच लाख मागेको उनको भनाई छ ।
उनले भने, ‘हामी रविलाई समाजसेवि भनेर भेट्न गएका थियौं तर उनले आफू पाँच मिनेट बोलेको पाँच लाख लिन्छु भन्दै पन्छिएपछि उनको कर्तुत थाहा भयो ।’ रवि नेपालमा समाजसेवाको नाटक गर्दै पैसा कमाउन अमेरिकाबाट फर्किएकोे बताउँदै पैसाका लागि जेपनि गर्न रवि तयार भएको उनको भनाई छ।