समाचार

चितवनस्थित राष्ट्रिय वाणिज्य बैकमा आगलागी

चितवन । चितवनस्थित भरतपुरमा रहेको राष्ट्रिय वाणिज्य बैँकको शाखामा आगलागी भएको छ ।

आज बिहानै भरतपुरको चौविसकोठी नजिकै रहेको बैँकको पहिलो तलाबाट धुवाको मुस्लो निक्लिएपछि आगलागी भएको स्थानीयले थाहा पाए।

नेपाल प्रहरी र स्थानीयवासी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बैँकमा के कारणले आगलागी भयो र आगलागीबाट कति क्षति भयो भन्नेबारे पूर्ण जानकारी आईनसकेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close