रबि लामिछानेलाई सपोर्ट गर्दै बोले कांग्रेस नेता अर्जुन नरसिहं केसी, सरकारलाई दिए यति ठुलो चुनौती
नेपाली काँग्रेसका नेता अर्जुन नर्सिङ केसीले सञ्चार गृहमा नै प्रवेश गरेर सञ्चारकर्मी रवि लामिछानेलाई गि*रफ्तार गर्नु संवैधानिक मूल्य र मान्यता विपरित भएको बताउनु भएको छ । पत्रकार रवि लामिछानेले घटनाको विषयमा हुने अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा सञ्चारगृह भित्र प्रवेश गरेर कार्यकक्षबाट नै लामिछाने र पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिनुमा सरकारको दु*राशय छर्लङ्ग भएको पनि केसीको भनाइ छ ।
छानविनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको अवस्थामा पत्रकार लामिछानेलाई बोलाएर सोधपुछ गरेको भए बुद्धिमानी कार्य हुने थियो भन्दै नेता केसीले राज्य प्रेस स्वतन्त्रताको वि*रुद्धमा उत्रिएको पनि छर्लङ्ग बन्दै गएको बताउनुभयो ।
न्यूज २४ संग कुरा गर्दै नेता केसीले पत्रकार शा*लिग्राम पु*डासैनीको ह*त्या या आ*त्म ह*त्या के हो भन्ने विषयमा सत्यतथ्य छानविन आवश्यक रहेको बताउँदै उनले पोलेकै भरमा लामिछाने र कँडेलमाथि गरिएको व्यवहार निन्दनीय भएको उल्लेख गर्नु भयो ।
राज्यको अनुभूति हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै केसीले कुनै पनि पत्रकारले आफुले चलाउँदै आएको कार्यक्रमको तयारी गरिरहेको अवस्थामा ब*लजफ्ती पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको पनि प्रष्ट पार्नुभयो ।
यसैबीच रबि पक्राउ सन्दर्भमा जनसागर उर्लिएको बेला यस घटनाले राजनीतिकरण हुने हो भन्ने खतरा पनि रहेको छ | मन्त्री संसद र नेताहरु बोल्ने क्रम जारि छ जसबाट घटना राजनीतिकतर्फ अगाडी बढ्ने देखिएको हो |तर अतिबेला सम्म आन्दोलन स्वत स्फुर्त रहेको छ सोहि मौकालाई छोपी कांग्रेसले यो घटनालाई टिप्न सक्ने देखिएको हो |