समाचार

सिधा कुरा जनता सँग कार्यक्रमका प्रोडुसर दिपक बोहोरा पुगे आफै अनुसन्धान गर्न चितवन

पत्रकार शालिकराम पुडासैनीको विषयमा अनुसन्धान गर्न पत्रकार रवि लामिछानेसहित तीन जनालाई प८क्राउ गरिएको तरिकाप्रति प्रजातान्त्रिक विचार समाजले ग८म्भीर ध्यानकार्षण भएको जनाएको छ । पत्रकार लामिछाने कार्यरत सञ्चार गृहमा अनधिकृत रुपमा प्रहरी प्रवेश गरी प्रक्राउ गर्नुलाई समाजले सञ्चार गृहको स्वायत्त मर्यादा माथि हस्तक्षेप भएको ठहर गरेको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले आज जारी गर्नुभएको विज्ञप्तिमा घ८टनाले कुनै पनि बेला जोसुकै व्यक्ति पर्नसक्ने भन्ने देखाएकाले सञ्चार गृहमाथि प्रहरी हस्तक्षेप गराइने र गर्ने सम्भावना स्पष्ट भएको उल्लेख छ ।

कानूनी राज्य र विधिको शासनमा अटुट विश्वास राख्ने भएकाले अनुसन्धानमा सबैले सहयोग गर्नुपर्ने समाजले जनाएको छ । पत्रकार पुडासैनीको विषयमा विरोधाभाषी अनेक प्रकारका चर्चा सार्वजनिक भएकाले छानबिन गर्न माग गरिएको छ । सरकारले निष्पक्ष अनुसन्धान गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुपर्ने माग पनि समाजले गरेको छ । कोही पनि निर्दोष व्यक्तिलाई फसाइनु हँुदैन भन्ने कानूनी मान्यताको समर्थन समाजले गरेको अध्यक्ष केसीले उल्लेख गर्नुभएको छ ।

त्यस्तै न्युज २४ टेलिभिजन बाट प्रसारण हुने सिधा कुरा जनता सँग कार्यक्रमका प्रोडुसर दिपक बोहोरा पनि अनुसन्धानका लागि चितवन पुगेका छन् । आफ्ना सहकर्मीहरु प८क्राउ परेपछि उनि चितवनमा पुगेका हुन् । चितवनमा पुगी पुडासैनीले देहत्याग गरेको होटलको रुमको अनुसन्धान गरेको भिडियो सार्वजनिक गरेका छन् ।

Related Articles

Back to top button
Close