समाचार

बैशाखी टेकेर रबि लामिछानेको समर्थन गर्दै सडकमा प्रहरीकी श्रीमती पनि

चितवनमा दिनै भरी पत्रकार रवि लामिछानेका समर्थकहरुले रविको रिहाइको माग गर्दै प्रदर्शनको गरिरहेका छन् ।
रविको समर्थनमा धरानदेखि चितवन आएका रमेश प्रसाईंले रविलाई प्रहरी हिरासतमै भेटेका छन् । भित्र रबि संग भएका कुराकानी प्रसाईले समर्थकहरुलाई सुनाउदा सबै भाबुक बनेका छन् ।

भेटमा रविले बाहिर प्रदर्शनका क्रममा कसैको मृत्यु*भयो भने मलाई हिरासतमा बसे भन्दा पनि पिडा हुने कुरा सुनाएको उनले बताए । लामिछानेलाई उदृत गर्दै प्रसाइले भने,‘रवि दाइले भन्नु भयो मेरो पक्षमा न्यायको पक्षमा भइरहेको यो आन्दोलनमा एक जनालाई पनि घाउ*चोट नलागोस् ।‘यदी एक जना पनि घाउ चोट लागेर घाइते भएछन् भने, एक जनाको पनि अमूल्य जीवन गएछ भने हिरासतमा बसेको भन्दा बढी पीडा हुन्छ ।’ आज आन्दोलनको तेस्रो दिन समर्थकले न्यायको आवाज उठाएका छन्

त्यस्तै एक महिलाले आफू शारीरिक रूपमा अशक्त हुँदाहुँदै पनि पत्रकार रवि लामिछानेको पक्षमा आफू न्याय माग्न आएको बताइन् । सिधा कुरा जनतासँग कार्यक्रम गरिब पीडितको पक्षमा भएको बताउँदै रबि लामिछानेलाई जसरी पनि छाड्नुपर्ने बताइन् । आफू प्रहरीको श्रीमती भएपनि गल्तीलाई ढाकछोप गर्न नहुने र गल्ती गर्नेले कडा सजाय पाउनुपर्ने समेत माग गरिन् ।

अन्तर्वार्ताका क्रममा रुँदै उनले भनिन् ” म प्रहरीबाटनै पीडित महिला हुँ , केही वर्षअगाडि म गाडी दुर्घटनामा परेको थिएँ , आफु उपचारकै क्रममा रहँदा प्रहरीले गाडी साहुलाई छुटाउनु पर्यो भनेर एउटा कागजमा हस्ताक्षर गर्न भनियो मैले हस्ताक्षर गरेँ । तर त्यो कागजमा लेखिएको कुरा प्रहरीले भने भन्दा फरक रहेछ, आफूले गाडी साहूबाट उपचार नपाउने भनेर उल्लेख गरेको कागज रहेछ । अनपढ भएका कारण आफूलाई प्रहरीले नै झुक्याएर हस्ताक्षर गर्न लगाएको आरोप लगाइन् ।

सोही बारेमा सिधा कुरा जनतासँग कार्यक्रम मार्फत आफ्नो कुरा राख्न चाहेको भएपनि उनले न्युज २४ को कार्यालयसम्म सम्पर्क गर्न नसकेको बताइन् ।

Related Articles

Back to top button
Close