समाचार

रवि लामिछानेको पक्षमा उभियो कांग्रेस, अब रविलाई यसरी सहयोग गर्ने सभापति देउवाले रविलाई पठाए पत्र

नुवाकोटका पत्रकार शा*लिकराम पु*डासैनीको रहस्यमय नि*धनको छानबिनका लागि न्यूज २४ टेलिभिजनका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल र नर्स अस्मिता कार्की न्यायिक हिरासतमा रहेका छन् ।

गएको बिहीबार उनीहरुलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएसँगै देशविदेशमा उनको पक्ष र विपक्षमा विचार र वहस भइरहेको छ ।

तर, यही बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने रवि लामिछानेको पक्षमा उभिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहेको भन्दै पत्र पठाएको विषयले चर्चा पाएको छ । कांग्रेस नेता दिलेन्द्र प्रसाद बडुमार्फत सभापति देउवाले पत्र पठाएको चर्चा चलेको हो ।

सभापति देउवाले लामिछानेको नाममा पत्र नै पठाएको स्रोतको दाबी छ । सो पत्रमा लामिछानेलाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको उल्लेख गरिएको छ ।
रवि न्यायिक हिरासतमा रहेको स्थान जिल्ला प्रहरी कार्यालय चितवन पुगेर शनिबार नेता बडुले रविलाई भेटेका थिए । रविलाई भेटेर बाहिर निस्कँदा नेता बडुले पूर्वाग्रह नराखी घटनाको छानबिन हुनु पर्नेमा जोड दिएका थिए ।

माथि उल्लेखित जसले जे भने पनि छानबिन अबस्य पनि निष्पक्ष हुनेछ | आइतबार चितवनमा सुरक्षा संयन्त्रको सर्बदलीय बैठकले सबै पक्षलाई धैर्य रहन र शान्ति सुरक्षामा खलल नगर्न सबैमा अपिल गरेको छ | बिगत तीन दिनयता चितवनमा पर्दर्शन जारि छ |

अझ रोचक कुरा त के छ भने नि चितवन लगाएत देशका विभिन्न ठाउँमा रविको पक्ष र बिपक्षमा आन्दोलन भएको देखिन्छ | यता सामाजिक संजालमा पनि उस्तै आक्रोश र समर्थनले भरिएको छ | देश विदेशबाट समर्थन र विपक्षमा धेरै नेपाली उभिएका छन् |

Related Articles

Back to top button
Close