समाचार

गोयल कम्पनीको खातामा जम्मा गर्न लगिएको रकम लुटिएको नाटक गर्ने एक जना भारतीय नागरिकलाई १६ लाख नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं– गोयल कम्पनीको खातामा जम्मा गर्न लगिएको रकम लुटिएको नाटक गर्ने एक जना भारतीय नागरिकलाई १६ लाख नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

गोयल कम्पनीमा काम गर्दै आएका भारत अत्तरिया ठाना घर भइ हाल काठमाडौंको डल्लुमा बसोबास गर्ने मनोजकुमार साहलाई प्रहरीले १६ लाख नगद सहित पक्राउ गरेको छ ।

उनले आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ न्यूरोडबाट १६ लाख लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए । उनले पाको न्युरोडमा माक्स लगाएका अज्ञात २ जना व्यक्तिले मोटरसाइकलामा आएर १६ लाख रुपैयाँ लुटेको प्रहरीमा खबर गरेका थिए ।

घटनास्थल आसपासका सीसीटिभी फुटेच अनुसन्धान गर्दा त्यस्तो कुनै घटना नदेखिएपछि शंका लागेर प्रहरीले सूचना दिने साहमाथि नै अनुसन्धान थालेको थियो । प्रहरी अनुसन्धानका क्रममा निजले नै सो रकम लुकाएको र कपोकल्पित घटना बनाएको खुलेको हो ।

साहले उक्त लुटिएको भनिएको रकम डल्लुस्थित कोठामा राखेर झुटा खबर प्रहरीमा दर्ता गराएको खुल्न आएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गोयल कम्पनीको खाताको रकम लुटिएको नाटक गरेर उनले आफ्नै कोठामा सो रकम लुकाएर राखेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । विगत ३ महिनादेखि उनले गोयल कम्पनीको खातामा रकम जम्मा गर्ने काम गर्दै आइरहेका थिए ।

Related Articles

Back to top button
Close