समाचार

चितवनमा सुरक्षा ब्यवस्था बढाइयो, जु लुस निकाल्ने र हो-हल्ला गर्नेलाई नछाड्ने प्रहरीको चेतावनी

चितवन, १ भदौ । दुई दिन देखि उत्पन्न परिस्थितिलाई लिएर चितवनमा सुरक्षा ब्यवस्था झन कडा पारिएको छ । रवि लामिछानेका समर्थकको आन्दोलन झन उग्र हुँदै गएपछि प्रहरीले सुरक्षा व्यवस्था झन कडा पारेको हो । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आज (आइतवार) देखि सुरक्षा व्यवस्था थप कडा पारिएको बताएका छन् । उनले भने,‘हामीले अहिलेसम्म धैर्यता गुमाएका छैनौ, धैर्यता गुमाउनुपर्ने अवस्था आयो भने कसैलाई छाड्दैनौं ।’ उनले २ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा रहेको र बाँकी सुरक्षा फोर्स पनि तयारी अवस्थामा राखेको बताए ।

उनले अवस्थालाई झन उत्तेजक बनाउने केही तत्वहरुको घुसपैठ हुनसक्ने सम्भावना रहेकाले सुरक्षा ब्यवस्था कडा पारिएको बताए । घ टनालाई थप उत्तेजित बनाउन होटलमा काठमाडौंवाट गएका केही त्यस्ता तत्व बसेका हुनसक्ने भन्दै खोजि भइरहेको बताएका छन् । उनले भने’,होटल पनि सर्च गर्छौ, संकास्पद लागे नि यन्त्रणमा लिन्छौं ।’ उनले शान्तीपूर्ण धर्ना गर्न पाउने अधिकार रहेपनि जुलुस निकाल्ने र होहल्ला गर्नेलाई नछाड्ने चेतावनी दिए ।

शुक्रवार जिल्ला अदालत चितवनले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका साथै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थु नामा राख्न आदेश दिएको थियो । रवि लामिछानेका समर्थकले तीनदिन देखि निरन्तर प्र र्दशन गरिरहेका छन् । प्र र्दशनका क्रममा पटक पटक झ डप भएको थियो भने प्रहरीले अश्रु ग्याँस समेत प्र हार गरेको थियो । साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृ त अवस्थामा फेला परेका थिए ।

Related Articles

Back to top button
Close