समाचार

सरकारविरुद्ध विप्लव नेकपाको अनिश्चितकालीन बन्द

काठमाडौं । अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गुल्मी जिल्लाका शैक्षिक संस्थामा अनिश्चितकालीन बन्द आह्वान गरेको छ ।

विप्लव निकट विद्यार्थी संगठनका नेताहरू पक्राउ परेको विरोधमा गुल्मीका सामुदायिक तथा निजी विद्यालय अनिश्चितकालीन बन्द गरेको जनाइएको छ । विप्लव नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी) ले जिल्ला सचिव विष्णु बिक र जिल्ला सदस्यलाई राजन खड्कालाई प्रहरीले प्रक्राउ गरेको विरोधमा विद्यालय बन्द गरेको हो ।

बन्दले सदरमुकाम तम्घासमा रहेका निजी तथा सामुदायिक विद्यालय पूर्णरुपमा बन्द भएका छन् भने ग्रामीण क्षेत्रमा बन्दको असर परेको छैन । एसईई परीक्षाको ग्रेड वृद्धिका लागि सञ्चालन भएको परीक्षा भने अवरुद्ध भएको नभएको बताइएको छ ।

विद्यार्थी नेताहरूलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट रिहा भएलगत्तै पक्राउ गरी अर्घाखाची लैजानु दुःखद भएको अध्यक्ष विकल्प खत्रीले बताए । संगठनले विक र खड्काको विना शर्त रिहाइको माग गरेको छ । गत असार २० गते तम्घासको महेन्द्र माध्यमिक विद्यालयमा कार्यक्रम गरिरहेकै बेला उनीहरु पक्राउ परेका थिए ।

Related Articles

Back to top button
Close