समाचार

यो आन्दोलनमा कुनै राजनीतिक पार्टीको झन्डा नभई नेपालको रातो चन्द्रसुर्य अंकित झन्डा मात्र होस् -रवि लामिछाने

चितवन– प्रहरी हिरासतमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेले आफ्नो समर्थनमा भइरहेको प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै सचत रहन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।केही अराजक तत्व भीडमा मिसिएर प्रहरीमाथि ढुंगा प्रहार गरेर आन्दोलनलाई बदनाम गराउन उद्यत हुने भन्दै लामिछानेले सचेत रहन आह्वान गरेका हुन् ।

चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेट्न पुगेका सामाजिक अभियन्ता रमेश प्रसाईमार्फत आन्दोलनकारीलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो र न्यायको पक्षमा भइरहेको आन्दोलनमा सहभागी कसैलाई पनि घाउ चोट लाग्ने अवस्था बन्न नहुने बताए ।

लामिछानेलाई उदृत गर्दै प्रसाइले भने,‘रवि दाइले भन्नु भयो मेरो पक्षमा न्यायको पक्षमा भइरहेको यो आन्दोलनमा एक जनालाई पनि घाउ चोट नलागोस् । यदी एक जनापनि घाउ चोट लागेर घाइते भएछन् भने, एक जनाको पनि अमूल्य जीवन गएछ भने हिरासतमा बसेको भन्दा बढी पीडा हुन्छ ।’आफूलाई प्रहरी हिरासतमा बस्नुको पीडा भन्दा टेलिभिजन कार्यक्रममा रोकिएका विषयको चिन्ता बढी भएको उनले बताएको प्रसाइले शनिवार भरतपुरमा आयोजित कार्यक्रममा सुनाए ।रविले प्रसाईसँग भने,‘मलाई जेलमा राखिरहँदा कतिले कतिलाई ठगिसके कतिले कतिको पैसा खाइसके ।

म एक मात्र जेलमा परेको छैन जनताको आशा सिधा कुरा पनि जेल परेको छ ।’लामिछानेले आन्दोलनलाई कसैले पनि आफ्नो फाइदामा प्रयोग नगरोस् भन्नका लागि आफ्ना समर्थकहरु सचेत रहनुपर्ने बताएको प्रशाइले भने ।आन्दोलनमा कुनै राजनीतिक पार्टीको झण्डा प्रयोग नगर्न उनले सबैमा आह्वन गरे ।

रबि समर्थक भन्छन कसैले मोटरसाइकल पेट्रोल हाल्देर वा कसैको पैसा खाएर सडकमा आएका होइनौ

काठमान्डौ , पत्रकार रबि लामिछाने र युबराज कंडेल पक्राउ गरेको घटनालाई लिएर चितवनमा रबि लामिछानेका समर्थक हरुले यो कदमको बिरुद्द बिरोध गरिरहेका छन् । चितवन र देशका बिभिन्न ठाउँ बाट चितवन पुगेका समर्थकले प्रदर्शन समेत गरेका छन् ।रबि लामिछानेको रिहाइको माग गर्दै चितवन पुगेका रमेश प्रसाइले रबि लामिछाने जिन्दाबाद भन्दै नाराबाजी गरेका छन् । उनले हिरासतमा मलाई हाल , रबि दाइलाई रिहा गर भन्दै चर्को आवाज उठाएका छन् । चितवनका हजारौ समर्थकका अगाडी रमेशले भने रबिलाई हिरासतमा राख्ने प्रहरीलाई पनि रात भरि निद्रा लागेको छैन ।

उनले राष्टभक्त प्रहरीलाई उच्च सम्मान रहेको भन्दै आफु हरु प्रहरी माथि ढुंगा मुडा गर्न नआएको समेत बताए । उनले भने हिजो रबि लाई हिरासतमा राख्न फैसला गर्ने न्याधिशले आफ्ना छोराछोरी संग आखा कसरि जुदाए होलान ?हामिलाई अन्धभक्त भन्ने गरिन्छ के हामीलाई रबि लामिछानेले पट्रोल खर्च हाल्दिएर आएको हो ? के हामी हिजो नेताले चुनाबताका मासु भात खुवाय जस्तै गरि आएको हो ? हामी नितान्त रबि लामिछानेको लागि न्याय माग्न आएका हौ ।रबि लामिछाने समर्थकले कसैले मोटरसाइकलमा तेल हालेर वा कसैको पैसा खाएर आफुहरु सडकमा निस्केको नभई स्वतस्फुर्त आएको बताएका छन्

Related Articles

Back to top button
Close