मनोरंजन

यी हुन् बलिउडका सबैभन्दा महंगा १० हिरोइन, कसको पारिश्रमिक कति ?

मुम्बइ। कमाइको हिसाबले बलिउड विश्वकै आकर्ष फिल्म उद्योगमा पर्छ । यहाँ अभिनेताहरुले ठूलो रकम पारिश्रमिकको रुपमा बुझ्ने गर्छन् । तुलनात्मक रुपमा हिरोइनहरुको पारिश्रमिक केही कम भए पनि पछिल्लो समय हिरोइनहरुले समेत निकै ठूलो रकम लिने गरेका छन् । आउनुहोस् हेरौं बलिउडका १० हिरोइनहरु जसले सबैभन्दा बढी पारिश्रमिक लिएका छन् ।

१. कंगना रनोटः २०१८ मा दिपीका पादुकोणलाई उछिन्दै तेस्रो पटक राष्ट्रिय पुरस्कार जितेकी कंगना अहिले बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने हिरोइन हुन् । उनले भर्खरै रिलिज भएको फिल्म ‘मणिकर्णिका’ र आउन लागेको फिल्म ‘मेन्टल है क्या’को लागि १५ करोड पारिश्रमिक लिँदै आफूलाई सबैभदा महंगी नायिकाको शीर्ष स्थानमा राखेकी छिन्

२. दीपिका पादुकोण सिंहः २०१७ मा ‘पद्मावत’का लागि १३ करोड पारिश्रमिक लिँदै बलिउडकी सबैभन्दा महंगी नायिका बनेकी दीपिका २०१८ मा दोस्रो स्थानमा छिन् । उनले मेघा गुलजारको आगामी फिल्मको लागि १४ करोड पारिश्रमिक लिएकी छिन्

३. प्रियंका चोपडा जोनसः महंगा हिरोइनको सूचीमा प्रियंका चोपडा तेस्रो स्थानमा छिन् । हलिउडतिर लागेर पछिल्ला केही वर्ष बलिउडबाट टाढा रहेकी प्रियंकाले फरहान अख्तर, जायरा वसिमसँग काम गरिरहेको आगामी फिल्म ‘द स्काइ इज पिंक’को लागि १३ करोड पारिश्रमिक लिएकी छिन् ।

४. करिना कपूर खानः बलिउडका महंगा हिरोइनको सूचीमा करिना कपूर खान चौथो स्थानमा छिन् । करिनाले करण जौहरको आगाी फिल्म ‘तख्त’को लागि ११.५ करोड पारिश्रमिक लिएकी छिन् । यो फिल्ममा करिना कपूरसँगै जाह्नवी कपूर पनि हुनेछिन् ।

५. कट्रिना कैफः महंगा बलिउड हिरोइनको सूचीमा पाँचौं नम्बरमा कट्रिना कैफ छिन् । शाहरुख खानको फिल्म ‘जीरो’का लागि ११ करोड पारिश्रमिक लिएकी कट्रिनाले सलमान खानको अपोजिट रोलका लागि ‘भारत’मा काम गरेवापत पनि ११ करोड नै पारिश्रमिक लिँदैछिन् ।

६. सोनम कपूर आहुजाः बलिउडकी छैटौं महंगी हिरोइन सोनम कपूर आहुजा हुन् । उनले भर्खरै रिलिज भएको फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’का लागि १०.५ करोड पारिश्रमिक लिएकी छिन् । यो फिल्ममा उनी पहिलो पटक पिता अनिल कपूरसँग देखिएकी थिइन् ।

७. विद्या बालः बलिउडका महंगा हिरोइनको सूचीमा सातौं स्थान विद्या बालनले ओगट्छिन् । ‘तुम्हारी सुलु’को लागि ९.५ करोड लिएकी विद्याले तेलुगु सुपरस्टार एनटी रामा राव सिनियरको बायोपिकको लागि पनि ९.५ करोड लिएर काम गर्दैछिन् ।

८. श्रद्धा कपूरः बलिउड स्टार शशी कपूरकी छोरी श्रद्धा बलिउडका महंगा हिरोइनको सूचीमा आठौं स्थानमा छिन् । हरर फिल्म ‘स्त्री’का लागि ९ करोड पारिश्रमिक लिएकी श्रद्धाको यसै वर्ष बाहुबली स्टार प्रभाससँगको फिल्म ‘साहो’ आउँदैछ । ‘साहो’का लागि पनि उनले ९ करोड पारिश्रमिक लिएकी छिन्

९. अनुष्का शर्माः भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पत्नी अनुष्का शर्मा महंगा हिरोइनको सूचीमा ९ औं स्थानमा पर्छिन् । उनले शाहरुख खानको अपोजिट रोलका लागि ‘जीरो’ फिल्मबाट ८ करोड पारिश्रमिक लिएकी थिइन् ।

१०. आलिया भट्टः महंगा बलिउड हिरोइनको सूचीमा दशौं नम्बरमा आलिया भट्ट छिन् । उनले आउन लागेका फिल्महरु ‘कलंक’, ‘तख्त’, ‘गल्ली ब्वाय’, ‘ब्रह्मास्त्र’का लागि ७.५ करोड पारिश्रमिक लिएकी छिन् ।

Related Articles

Back to top button
Close