समाचार

शालिकरामको भिडियो सार्वजनिक गर्ने प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठको यस्तो स्पष्टिकरण

काठमाडौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण अहिले ‘भाइरल’ समाचार बनेको छ। सामाजिक संजालदेखि संचारमाध्यमहरुमा समेत यही समाचार ‘हटकेक’ बनिरहेका छन् । मृतक पुडासैनीको भिडियो सार्वजनिक भएसंगै यो विषय सतहमा आएको हो। प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै पत्रकारद्वय रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई पक्राउ गरेपछि चितवन र काठमाडौँमा प्रदर्शन समेत भैरहेका छन्।

उनीहरुले घटनाको सुक्ष्म र निष्पक्ष छानविन गर्नुको सट्टा प्रमाणको रुपमा रहेको एडिट गरिएको भिडियो फुटेज सार्वजनिक गरेको भन्दै चितवनका एसपी दानबहादुर मल्लको वार्खास्तीको माग गरिरहेका छन्। भिडियो सार्वजनिक गर्नेलाई समेत कारवाही गर्नुपर्ने माग उठिरहँदा भिडियो सार्वजनिक गरेर चर्चामा आएका प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले स्पष्टिकरण शैलीमा आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले भिडियो आफैले सार्वजनिक गरेको स्पष्ट समेत पारेका छन् ।

श्रेष्ठको भनाई : पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणमा प्रहरी अनुसन्धान सुस्त देखिएजस्तो लागेपछि माउन्टेन टिभीका सम्वादददाता रामेश्वर सुबेदीकै सामु प्रहरीबाट ‘D’ying D’eclaration’ कपी गरी लगिसकेका परिवारका सदस्यहरु घटनाको सातौं दिन आइतबार साँझ मेरो कार्यालयमा आएर शालिकरामको मरणअघिका दुई ‘Video Clip, Share it’ मार्फत मेरो मोबाइलमा ट्रान्स्फर गर्दै भन्नुभयो-“दाइ, तपाईं संकटकालमा पनि नडग्मगाएको मान्छे,यसको आधारमा समाचार बनाएर खबरदारी गरिदिन पर्यो”, हामीले त्यसरी प्राप्त 8:27 र 4:57 मिनेटका छुट्टाछुट्टै ती क्लिप्सका केही अंश उल्लेख गर्दै बुधबारको दिन “पत्रकारले म’र्दाम’र्दै खोलेको पोल” शीर्षकअन्तर्गत जनआस्थामा समाचार प्रकाशन गर्य।

मेरा स्तम्भकार मित्र संकेत कोइराला “नेपाल आज” मा पनि संलग्न भएको र उहाँहरुसमेतले पत्रिकाबाट उक्त खबर धेरै वटा अनलाइनले साभार गरिसकेको हुँदा हामीले पनि पोस्ट गर्न पाँउ न भनी आग्रह गर्नुभएबमोजिम ति भिडियो सार्वजनिक रूपमा उपलब्ध गराइएको हो। सँसारभरका पत्रकारको पहिलो कर्तव्य प्राप्त प्रमाणित सामग्री अरु कसैले भन्दा पहिले आफ्ना दर्शक र श्रोतासामु प्रस्तुत गर्नु हुने गर्दछ, त्यही कर्तव्य पालना मात्र हामीबाट भएको हो जहाँसम्म सामग्री प्राप्तीको सवाल छ, एउटा पत्रकारले सबैको चासो रहेको भिडियो फेला पारेर जनतावीच ल्याउँदा किन, कसरी भन्दै आशंकाको पहाड खडा गर्नु आश्चर्यको कुरा हो। यसवीच केही मित्रले वास्तविकतै नबुझी,आफूखुसी काल्पनिक कथा छापी स्वार्थसिध्द गर्न र परिस्थितिलाई अर्कै दिशातर्फ मोड्न चाहेको देखियो।

उक्त भिडियोको कन्टेन्टबारे हाम्रो भन्नु केही छैन। सरोकारवाला निकायले नै अनुसन्धानबाट खुट्याउलान्हा। म्रो भनाइ त यति मात्रै हो कि यस प्रकरणमा बिश्वभरका एक से एक बिज्ञहरुलाई झिकाएर त्यति समयभन्दा बढीको भिडियो क्लिप छ भने रिकभर या प्रमाणित गरेर देखाए हुन्छ। जब कूल १३ मीनेट २४ सेकेण्डभन्दा लामो भिडियो नै खिचिएको छैन भने एडिट गरेको या कसैलाई हुने, कसैलाई नहुने गरी प्रकाशन या प्रशारण गरिएको प्रश्नै उठ्दैन ।

घामजस्तै छर्लङ्ग वास्तविकता यही हो र यही मात्रै हो। यस प्रकरणमा कोही कसैलाई अनावश्यक मुच्छ्ने या विषयान्तर गर्ने जरुरतै छैन। हामी जसरी यस मामिलामा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको निर्दोषिता प्रमाणित होस् भन्ने चाहन्छौं त्यसरी नै श्रमजीवी पत्रकार शालिकराम पुडासैनीले समेत अकाल म’रेर पनि अन्याय भोग्न नपरोस् भन्ने ठान्दछौँ ।

हामीले अफिसियल रुपमै रविजीलाई पोहोर पनि बिदेशी नागरिकता र राहदानी त्यागेर नेपाली बनी, आफ्नै देशको एक असल ‘Tax Payer’ का हैसियतले कानूनी रुपमै पत्रकारिता थाल्न बिनम्र आग्रह गरेका भिडियो क्लिपहरु युट्युबमा सर्च गर्दा पाउन सक्नुहुन्छ। न हाम्रो पुरानो चिनाजानी,न बिट एउटै, न एकार्काको प्रतिस्पर्धी,न त कुनै दुश्मनी नै,सम्बन्ध शत्रुतापूर्ण हुनेले कहिल्यै पनि आउनोस्,मिलिजुली देश र जनताको हित अनुकूल पत्रकारिता गरौं भन्दै यसखाले सुझाव दिँदैन।

३३ बर्षको पत्रकारिता जीवनमा हामीले थुप्रै आरोह-अवरोह झेलेका छौँ र सम्पूर्ण सञ्चारकर्मीलगायत सबै सबै देशबासीप्रति पुनः यो पनि विनम्र आग्रह गर्दछौं कि अनाहक कोही, कसैमाथि, कहिल्यै पुस्ट्याइँ बिनाका आरोप नलगाऊँ ! सस्तो आरोपले तत्काललाई ‘TRP’ त बढाउला तर त्यसले इमानको स्ख’लन र सत्यको ह’त्या गराइरहेको हुन्छ।

हाम्रो पेशागत कर्म र धर्मबारे केही भ्रम भए या लेख्न मन लागे सीधै सम्पर्क गर्दा हुन्छ,सक्दो जानकारी दिन हर्दम तयार छौँ, हाम्रा कुनै पनि गतिविधि अपारदर्शी छैनन्, अनि हामीले झेलेको भुक्तमान र लगाइएका झूठ आरोपहरु तथ्यको कसीमा लल्याकलुलुक गलेका उदाहरण निकट विगतमै छन्। गल्ती नगर्दासम्म कसैले आत्तिनु पर्दैन भन्ने कुराका हामी आफै भुक्तभोगी हौं।

र, हामीले कानूनी प्रक्रियाबाटै आफूमाथिका समुच्च आरोपको न्यायिक निरुपण गरेका छौँ। पुनश्च: भिडियो प्रकरणको वास्तविकतालाई आफ्नो निहित स्वार्थबस् तोडमरोड नगर्न र हाम्रो पेशागत आचरण तथा तपाईं हामी आफ्नै लेखनप्रति जनबिश्वासको असामयिक अवसान हुन नदिन हार्दिक अनुरोध गर्दछौँ। वस्तुनिष्ठ आलोचना र सिर्जनात्मक सुझावको सधैं सम्मान गर्ने नै छौं !

Related Articles

Back to top button
Close