मनोरंजन

यसकारण म लुकेर एक्लै पोखरा जान्छु : करिश्मा मानन्धर

नाइट स्टेका लागि कहिलेकाहीँ नगरकोट जान्छु। म प्रकृतिप्रेमी हुँ। आजको नयाँ पत्रिकामा नायिका करिश्मा मानन्धरले भनेकी छन् : पहिले सुटिङ हुँदा पनि एक्लै ठमठमी हिँड्न मन पर्थ्याे। मलाई माटोको बास्ना मन पर्छ। प्रकृतिसँग घुलमिल हुनु मेरो सोख हो।

कहिलेकाहीँ म सिन्धुपाल्चोकको सुकुटे पुग्छु। सप्ताहन्तमा सुकुटेमा आन्तरिक पर्यटकको भिड हुन्छ। अरूबेला शान्त रहन्छ। सुनकोसी नदीको किनारमा खेल्ने ठाउँ धेरै छन्। त्यहाँ म खुब इन्जोय गर्छु।

म लुकेर एक्लै पोखरा जान्छु। बेगनास तालको पछाडिपट्टि जान्छु। खुट्टा पानीमा चोपलेर दिनभर बसिरहन्छु। माछा मारेर पकाइदिन्छन्। त्यसैको स्वाद लिँदै प्रकृतिसँग हराउँछु।

Related Articles

Back to top button
Close