समाचार

नेकपामा पूर्वएमाले एकठाँउ, पूर्वमाओवादी पक्ष रुनु न हाँस्नुको अवस्थामा !

काठमाडौं– यो साता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवादको समाधानको विषय चर्चामा रह्यो करिब १० दिन सिंगापुरमा उपचार र आरामका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किनासाथ सत्तारुढ दलभित्र देखिएको विवादलाई थामथुम पार्ने प्रयास गरेका छन् ।

विभागको नेतृत्वमा लामो समयदेखि विवाद कायमै थियो । विशेषतः पार्टी स्कुल विभागको नेतृत्व तत्कालीन एमालेले गर्ने कि माओवादीले भन्ने विषयमा लामै समय तानातान चल्यो । अन्ततः पार्टीले लिएको लाइनभन्दा फरक लाइनको वकालत गर्ने तत्कालीन एमालेका महासचिव रहेका नेता रक्षामन्त्री ईश्वर पोखरेललाई स्कुल विभागको नेतृत्व दिइएको छ ।

नेकपाले जनताको जनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने निर्णय गरेको भए पनि पोखरेल भने जनताको बहुदलीय जनवादको विकल्प नभएको तर्क गर्ने र एक्लै भए पनि जिल्ला जिल्लामा यो विषय लिएर जाने चेतावनी दिने नेतामा हुन् । उनैलाई स्कुल विभागको नेतृत्वसहित पछिल्लो समय नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट हुन पुगेका नेता वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेर नेकपाभित्र देखिएको विवाद तत्काललाई थामथुम पार्ने प्रयास प्रधानमन्त्रीले गरेका छन् ।

ओलीले गौतमलाई आफू निकट बनाएर अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कमजोर बनाउने रणनीति पनि सँगै अख्तियार गरेको देखिन्छ । ओलीले गौतमलाई कास्की क्षेत्र नम्बर २ बाट निर्वाचन लड्न आग्रह गरेको पनि कान्तिपुरसँगको कुराकानीमा गौतमले स्वीकार गरेका छन् । ओलीले अहिले गौतमलाई आफू निकट ल्याएर प्रचण्डलाई कमजोर बनाउने प्रयास गरेको भए पनि झलनाथ खनाल र माधव नेपालबीच वरीयतामा देखिएको विवादले झनै चर्को रुप लिन सक्ने देखिएको छ ।

गौतमलाई पनि आफ्नो समूहमा राखेर प्रधानमन्त्रीले पूर्वएमालेको गठ कायम राखेका छन् भने यसले गर्दा दाहाल पक्षधर अर्थात् पूर्वमाओवादी कमजोर देखिएको छ ।

Share
Facebook

Related Articles

Back to top button
Close