मनोरंजन

घरकै फिल्मका लागि संचितालाई चल्नैपर्ने

अभिनेत्री संचिता लुइटेललाई नयाँ पुस्ताका दर्शकले नोटिस गर्न आवश्यक छ । किनकी, संचिताको यूग सकिएको टिप्पणी हुन थालिसकेको छ ।

आजबाट रिलिज भएको फिल्म हजार जुनी सम्ममा संचिताको पनि मुख्य भूमिका छ । उनको भूमिका कस्तो छ भन्ने जान्नका लागि त दर्शकले फिल्म नै हेर्नुपर्छ । तर, यो फिल्ममा संचिताले जुन भूमिका गरेकी छिन्, त्यो भूमिका सुरुमा अभिनेत्री निरुता सिंहलाई अफर गरिएको थियो ।

अभिनेत्री निरुता सिंहलाई अफर गरिएपनि उनले फिल्ममा काम गरिनन् । उनले काम नगर्नुको कारण थियो, पारिश्रमिक नमिल्नु । निरुताले ५ लाख पारिश्रमिक माग्दा उनलाई फिल्ममा लिन यसको टिमले सकेन । अनी, संचिताको इन्ट्री भएको थियो ।

यसैले पनि निरुताको अभाव फिल्ममा हुन नदिन संचिताको काम र अनुहार दुबै चल्नुपर्छ । अर्कोतिर, संचिता फिल्म आयो भैरवमा पनि काम गर्दैछिन् । निखिल उप्रेती आफैले निर्देशन गर्न लागेको फिल्ममा संचिताले काम गर्ने पक्का छ ।

हजार जुनी सम्ममा दर्शकले रुचाएको खण्डमा संचितालाई आयो भैरवमा पनि दर्शकले प्रतिक्षा गर्नेछन् । संचितालाई घरकै फिल्मका लागि चल्नुपर्ने दबाब छ ।

Related Articles

Back to top button
Close