समाचार

अनुसन्धान पहिलानै भिडियो बाहिर आएको भन्दै सर्बेन्द्र खनाल ले दिए यस्तो निर्देशन : भिडियो लिक गर्नेलाई कानुनी कारबाही हुने

Breaking News : मेरो केहि मिनट अगाडी ९ मिनट ४८ सेकेण्ड IGP Sarbendra Khanal ज्यु संग गम्भिर कुरा भयो ! भिडियो कसरी बाहिर आयो सवै अनुसंधान भइरहेको र कडा निर्देशन दिएको जनकारी गराउनु भयो ! भिडियो बाहिर आएकोप्रति बडो गम्भिर चासो व्यक्त गर्नु भएको छ !

चितवन । भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

रवि लामिछानेसहित ३ जनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेपछि प्रदर्शनकारी थप आक्रोसीत बनेका थिए । उनिहरु रविलाई रिहा नगरेसम्म जिल्ला प्रहरी कार्यालय अगाडीको क्षेत्रबाट नहट््ने भन्दै साँझपख पनि नारा लगाउदै बसेका थिए । ज्ञानेन्द्र शाही आज चितवन आएपछि जनसागर उर्लिएको छ । साथै रमेश प्रसाईले रबि लामिछानेलाइ प्रहरी कार्यालय भित्र आज भेट गर्नुभयो । रबिको समर्थक आमालाई प्रहरीले लाठि प्रहर गरेपछि माहोल आपतिजनक बनेको थियो ।

Related Articles

Back to top button
Close