समाचार

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति दिए पछि रबि लामिछानेको समर्थकहरु देशभरबाट चितवन आउने क्रम बढ्न थालेको छ यसैक्रममा उनको परिवार र बिभिन्न अभियन्ता पनि चितवनमा भेला भएका छन।

एता रबि लामिछानेको सपोर्टमा रविको बहिनी भन्दै एक महिलाले आफ्नो दाईलाई प्रहरीले लागेकोमा आक्रोश व्यक्त गरेकी छिन।रबिले कसैको ज्यान लिएको छैन भन्दै झुटो आरोप लगाउने प्रहरी भनेर उनले आफ्नो आक्रोश व्यक्त गरेकी हुन्।:

मेघ गर्जन-चट्याङ सहित भारी वर्षा हुने , २ दिन सम्म सचेत रहन अनुरोध !

(रासस) , मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औषत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले शुक्रबार साँझ मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उक्त मौसमी प्रणालीका कारण देशका केही स्थानमा मेघ गर्जन-चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासका बस्तीलाई सतर्क रहन तथा सडक यातायातमा भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।शनिबार देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।रातको समयमा पनि देशको पश्चिमी तथा मध्य भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आगामी भदौ १ गते आइतबार पनि देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशको पहाडी भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।शुक्रबार काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको थियो । त्यस्तै काठमाडौँमा २७ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा २०, धरानमा २८, सिमरामा ३८, भैरहवामा १६ र डडेलधुरामा १६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close